संविधान र सङ्घीयता विरोधी गतिविधि रोक्नुपर्छ : महामन्त्री थापा « Khabarhub

संविधान र सङ्घीयता विरोधी गतिविधि रोक्नुपर्छ : महामन्त्री थापा


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सप्तरी । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले संविधान र सङ्घीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यसका लागि सबै जिम्मेवार व्यक्तिले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु्पर्ने बताए ।

‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत संवाद यात्राका क्रममा सप्तरीको राजविराज आइपुगेका उनले अहिलेको मुख्य चुनौती संविधान र लोकतन्त्र जोगाएर सुशासन कायम गर्नुरहेको उल्लेख गरे।

उनले भने, “कसैले प्रदेश संरचना खारेजको कुरा उठाइरहेका छन् त कसैले व्यवस्था नै परिवर्तन गर्नुपर्छ भनी लागिरहेका छन्, यस्ता कुरामा लागे मुलुक फेरि अर्को दुर्घटनामा पर्नेछन् ।”

सङ्घर्षपछि प्राप्त भएको सङ्घीयता कार्यान्वयनका क्रममा केही त्रुटि भए पनि त्यो त्रुटि सच्याएर अघि बढ्नु प्रमुख आवश्यकता रहेको उनले बताए । उनले अहिलेको व्यवस्था नै उत्कृष्ट भएको दाबी गर्दै यसको विकल्प खोज्नु समय खेर फाल्नु जस्तै हुने जनाउँदै संविधान र लोकतन्त्र जोगाउन तथा समग्र परिवर्तनको रक्षाका लागि कांग्रेस अघि बढिरहेको समेत बताए ।

उनले यसमा सबै लोकतन्त्रवादीको साथ र सहयोग आवश्यक रहेको जनाउँदै अब बन्ने नयाँ मन्त्रीमण्डलमा मधेसको प्रतिनिधित्व हुने उल्लेख गरे । यसअघि उहाँले स्थानीय गजेन्द्रनारायण सिंह अस्पताल पुगी त्यहाँको समस्याबारे जानकारी लिनाका साथै सुधारका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने जानकारी दिएका थिए ।

स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन, हुलाकी सडक वरिपरि बसोबास गरिरहेका जनताको पीडा नजिकबाट बुझ्ने तथा जनताबाट आएका गुनासा र सुझावलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याउने उद्देश्यले थालिएको समुदायमा कांग्रेस अभियान तथा संवाद यात्रा यही माघ २६ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ९ : १९ बजे

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन