होटलमा पानी छोएको निहुँमा दलित युवकमाथि कुटपिट « Khabarhub

होटलमा पानी छोएको निहुँमा दलित युवकमाथि कुटपिट


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

डोटी – होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ। केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गरेका हुन्।

केआईसिंह–४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले पानी किन छोएको भन्दै धामीले थप्पड हानेका थिए। ६० वर्षीय धामीविरुद्ध जातीय छुवाछुत तथा विभेद गरेको आरोपमा पीडित पक्ष न्यायका लागि प्रहरी कहाँ गएका छन्।

पीडित रमेश भूलले आफुमाथिमात्र नभएर सिंगो दलितजाति माथिको अपमान भएको भन्दै कानुनी कारवाहीमा जाने बताए। ‘पानी पिउन पसलमा राखेको जर्किनबाट ओसार्दै थिए, उनले एक्कासी थप्पड हानेँ,’ भूलले भने, ‘किन हान्नु भएको भन्दा दलित भएर पानी किन छोइस् भन्दै थप कुटपिट भयो।’

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १० : ०० बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले