परिणाम दिनेगरी काम गर्न निगम नेतृत्वलाई पर्यटनमन्त्रीको निर्देशन « Khabarhub

परिणाम दिनेगरी काम गर्न निगम नेतृत्वलाई पर्यटनमन्त्रीको निर्देशन


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले परिणाम दिनेगरी काम गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नेतृत्वलाई निर्देशन दिएका छन् ।

निगमको विद्यमान अवस्थालाई सुधारेर नतिजा निकाल्न निगम व्यवस्थापनलाई पटक–पटक निर्देशन दिइए पनि परिणाम नआएको जनाउँदै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।

सन् २०१२ बाट ‘ग्राउन्डेड ट्विनअटर’ जहान बनाउन पर्यटनमन्त्री किरातीले निर्देशन दिएको करिब ६ महिना भए पनि नतिजा आउन नसकेको जनाइएको छ । कानुनी प्रक्रिया पूरा भएको दुई महिनामा जहाज बनाइसक्ने निगमका कार्यकारी अध्यक्षले मन्त्री किरातीलाई आश्वासन दिएका थिए ।

मन्त्री किरातीको निर्देशनपछि वायुसेवा निगम सञ्चालक समितिको बोर्ड बैठकले ग्राउन्डेड जहाज बनाउने निर्णय गरेको थियो । सोही अनुसार मन्त्री किरातीले सञ्चारमाध्यममा हाल सञ्चालनमा रहेको दुई र नयाँ खरिद गरिने तीन जहाजसँगै ग्राउन्डेड जहाज बनाएर ६ थान जहाजबाट दुर्गममा सेवा दिने बताउँदै आएका थिए । तर ग्राउन्डेड जहाज नबनेपछि आज पर्यटनमन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको जहाज मर्मतस्थलमा अनुगमनका लागि पुगेका थिए ।

जहाज मर्मतमा खटिएका टोलीबाट मन्त्री किरातीले सन्तोषजनक जवाफ नपाएपछि कडारुपम प्रस्तुत भएका थिए “जनताले कागजात हेर्दैनन् परिणाम चाहेका छन् । मलाई परिणाम चाहियो”, पर्यटनमन्त्री किरातीले भने, “जहाज कहिलेसम्म बनि सक्छ ?  यसको उत्तर चाहियो ? पहिला जस्तो ढाँट्न पाइन्न । मलाई परिणाम चाहिएको हो । परिणाम दिन नसक्ने कर्मचारीलाई मैले निगममा किन राख्ने ?”

मन्त्री किरातीले आफूलाई परिणाम निकाल्न जनताले निर्वाचित गरेको र प्रधानमन्त्रीले पर्यटन मन्त्रालयको जिम्मेवारी दिएको जनाउँदै निगम नेतृत्वबाट परिणाम नदिने हो भनी नेतृत्वमा किन बसिरहनुपर्ने भनी प्रश्न गरे ।

पर्यटनमन्त्रीका अनुसार निगम बोर्ड बैठकबाट करिब २० करोडसम्म जहाज मर्मतका लागि लाग्ने खर्चको समेत निर्णय गरेको थियो । तर हालसम्म पनि जहाज मर्मतका लागि स्पष्ट कार्ययोजना समेत नबनाई निगम व्यवस्थापनले आलटाल गरिरहेको उनको भनाइ छ ।

मन्त्री किरातीले प्रत्येक हप्ता आफू निरीक्षणमा आउने र कार्ययोजनाअनुसार काम गरेर प्रगति विवरण आफूलाई पेस गर्न निगमलाई निर्देशन दिए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १० : १७ बजे

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च