जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा « Khabarhub

जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

गण्डकी – मनाङ मर्स्याङ्दी विरुद्ध ‘सडन डेथ’ मा ७–६ को जित निकाल्दै जावलाखेल युथ क्लबले पोखरामा जारी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको तेस्रो क्वाटरफाइनल खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि जावलाखेल पेनाल्टीमा विजयी बनेको हो ।

जावलाखेलले समिफाइनमा थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भुटानको पारो फुटबल क्लबलाई २–० गोल हराउँदै थ्रि स्टार क्लबले समिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार चर्च ब्वाइज र नेपाल पुलिस क्लबले अन्तिम क्वाटरफाइनल खेल खेल्नेछन् । यसअघि आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक बिजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो ।

मङ्गलबार हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेतासँग आर्मीले सेमिफाइनल खेल्नेछ । प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष केशवराज बरालले बताए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १० : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको