जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा « Khabarhub

जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

गण्डकी – मनाङ मर्स्याङ्दी विरुद्ध ‘सडन डेथ’ मा ७–६ को जित निकाल्दै जावलाखेल युथ क्लबले पोखरामा जारी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको तेस्रो क्वाटरफाइनल खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि जावलाखेल पेनाल्टीमा विजयी बनेको हो ।

जावलाखेलले समिफाइनमा थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भुटानको पारो फुटबल क्लबलाई २–० गोल हराउँदै थ्रि स्टार क्लबले समिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार चर्च ब्वाइज र नेपाल पुलिस क्लबले अन्तिम क्वाटरफाइनल खेल खेल्नेछन् । यसअघि आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक बिजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो ।

मङ्गलबार हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेतासँग आर्मीले सेमिफाइनल खेल्नेछ । प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष केशवराज बरालले बताए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १० : ३२ बजे

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित