रोबोटिक वारमा नेपालले स्वर्ण जित्यो | Khabarhub Khabarhub

रोबोटिक वारमा नेपालले स्वर्ण जित्यो


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकर्मा ब्याटल अफ टाइटन्स नामक अन्तर्राष्ट्रियस्तरको रोबोटिक वारमा नेपाली टोलीले स्वर्णपदक जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा नेपालको टोलीले भारतको इनभेन्सियल टिमलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

उपाधिसहित नेपालले रु तीन लाख ५० हजार प्राप्त ग¥यो । त्यसैगरी, दोस्रो स्थानमा चित्त बुझाएको भारतको इनभेन्सियल टिमले रु एक लाख ५० हजार प्राप्त ग¥यो ।

विजेता टोलीलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पुरस्कार प्रदान गरे । मन्त्री साउदले अबको युग रोबर्टको युग रहेको चर्चा गरे ।

नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सङ्घले एतिहासिक प्रतियोगिताको आयोजना गरेको बताए । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा भएको उक्त प्रतियोगितामा यही माघ १३ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तानका १४ वटा समूहले प्रतिस्पर्धा गरेका थिए ।

खेल, मनोरञ्जन, सृजना र आविष्कारलाई एकमुष्ठ प्रतिबिम्बित गर्ने यस प्रतियोगितामा प्रत्येक प्रतियोगी समूहले आफैँले आविष्कार गरेको मानव नियन्त्रित रोबोट्स एकापसमा भिडाइ उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १० : ४० बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको