त्रिदेशीय टी–२० सिरिज : आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै | Khabarhub Khabarhub

त्रिदेशीय टी–२० सिरिज : आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।

जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका हुन् । त्रिदेशीय सिरिजमा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन्।

सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्याण्ड्सले नेपालमाथि २ रनको जित हासिल गरेको थियो ।

आईसीसीको टी–२० वरियतामा तीन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया ११औँ स्थानमा रहँदा नेदरल्याण्ड्स १५औँ र नेपाल १६औँ स्थानमा छन् ।

बाँकी खेल
फागुन १८ गते– नेपाल र नामिबिया
फागुन १९ गते– नेपाल र नेदरल्याण्ड्स
फागुन २० गते– नामिबिया र नेदरल्याण्ड्स
फागुन २२ गते– फाइनल खेल

 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ७ : ५८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’