त्रिदेशीय टी–२० सिरिज : आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै « Khabarhub

त्रिदेशीय टी–२० सिरिज : आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।

जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका हुन् । त्रिदेशीय सिरिजमा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन्।

सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्याण्ड्सले नेपालमाथि २ रनको जित हासिल गरेको थियो ।

आईसीसीको टी–२० वरियतामा तीन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया ११औँ स्थानमा रहँदा नेदरल्याण्ड्स १५औँ र नेपाल १६औँ स्थानमा छन् ।

बाँकी खेल
फागुन १८ गते– नेपाल र नामिबिया
फागुन १९ गते– नेपाल र नेदरल्याण्ड्स
फागुन २० गते– नामिबिया र नेदरल्याण्ड्स
फागुन २२ गते– फाइनल खेल

 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ७ : ५८ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा