गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न ठेक्का आह्वान « Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न ठेक्का आह्वान


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ ।

निर्माण अलपत्र परेको रङ्गशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरेको हो । ठेक्का आह्वानको म्याद एक महिना राखिएको छ ।

महानगर र बागमती प्रदेश सरकारको लागत साझेदारीमा रङ्गशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट सहयोग जुटाएर निर्माण गरिरहेको रङ्गशालाको लागि आर्थिक अभाव भएपछि रङ्गशालाको काम रोकिएको थियो ।

फाउण्डेशनले निर्माण सामाग्रीको करिब १८ करोड रूपैयाँ उधारो रहेको बताएको छ ।

गत कात्तिक २३ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, मोरङको विराटनगर र काठमाडौँको मूलपानीलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।

रङ्गशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष छ महिनाभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । रङ्गशालाको सबै काम पूरा गर्न तीन अर्बभन्दा बढी खर्च लाग्ने छ ।

पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ । पहिलो चरणको काम सम्पन्न भएसँगै खेल खेलाउन मिल्ने छ ।

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रङ्गशाला निर्माण अघि बढाइएको बताए । यो समय सकिएपछि थप गर्न मिल्नेगरी कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहमतिमा जग्गा लिइएको उहाँको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा ६ कठ्ठा जग्गामा रङ्गशाला निर्माण थालिएको थियो ।

विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच निर्माणका लागि सम्झौता भएको थियो । अधिकारीले फाउण्डेसनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै सङ्घ र प्रदेशसँग समन्वय गरेर रङ्गशाला निर्माण गर्न लागिएको बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ११ : ४१ बजे

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि