नेजाको १७औं साधारण सभा बोस्टनमा « Khabarhub

नेजाको १७औं साधारण सभा बोस्टनमा


१७ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १७औं साधारण सभा मे २५ र २६ मा गर्ने भएको छ । संघका अध्यक्ष सुरज भण्डारीले सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा हुने जानकारी दिए ।

बोस्टनमा हुने सभा नेजाका क्षेत्रीय संयोजक (उत्तर–पूर्व) सुपेन्द्र बस्नेतको संयोजकत्वमा गरिने निर्णय गरिएको नेजाका महासचिव बाबुराम दाहालले जानकारी दिएका छन् ।

नेजाले प्रवासमा रहेका नेपाली समुदायका आवश्यकता, समसामयिक विषयवस्तुलाई समेटेर डिजिटल माध्यममार्फत आफ्नो समाचार पत्रिका (न्युज बुलेटिन) प्रकाशन गर्ने जनाएको छ ।

यस्तै, नेपाली समुदायमा मात्र सीमित रहेको नेजाले उत्तर अमेरिकामा रहेका  पत्रकारका संस्थाहरूसँग पनि सहकार्य गर्ने भएको छ । साथै, नेपाल तथा उत्तर अमेरिकामा सक्रिय पत्रकारहरूलाई निर्धारित विषयमा अध्येतावृत्ति (फेलोसिप) प्रदान गर्ने भएको छ ।

फेलोसिपले स्वदेश तथा विदेशमा रहेर पत्रकारिता गरिरहेकालाई हौसला मिल्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा परिचित हुन टेवा पुग्ने अध्यक्ष भण्डारीले बताए ।

साथै, अमेरिकामा रहेका पत्रकारलाई प्रदान गर्दै आएको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’लाई पनि निरन्तरता दिने भएको छ । यसै गरी, नेपाली समुदायका कार्यक्रम तथा गतिविधि सञ्चारमाध्यमलाई उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ११ : ५३ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा