एकीकृत समाजवादीले आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने « Khabarhub

एकीकृत समाजवादीले आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने


१७ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टीको आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको छ ।

बिहीबार काठमाडौँमा सम्पन्न दस्तावेज मस्यौदा समितिको बैठकले महाधिवेशनमा समसामयिक राजनीतिक, पार्टीको आन्तरिक लगायतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

मस्यौदा समितिको बैठकपछि पार्टीभित्र कुनै पनि अलग अलग सोच नरहेको र सबैको भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने उनको भनाइ छ । महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई अन्तिम रूप दिनका लागि बिभिन्न समूह बनाएर छलफल हुने प्रवक्ता खतिवडाले जानकारी दिए ।

दस्तावेजमा समाजवादी क्रान्तिको बाटोमा जानका लागि हुने चुनौति, रुपरेखा लगायतका विषय समेटिने नेकपा एकीकृत समाजवादीले जनाएको छ । 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ३ : ०० बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम