रातु नदीमा अवैध उत्खनन भएको भन्दै सर्वोच्चमा रिट « Khabarhub

रातु नदीमा अवैध उत्खनन भएको भन्दै सर्वोच्चमा रिट


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– रातु नदी उत्खननको विषयलाई लिएर राजनीति दलहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । पर्यावरणलाई नै असर पार्ने गरी मापदण्डविपरीत बर्दिवासस्थित रातु खोलाको विभिन्न खण्डमा अवैध उत्खनन भएको भन्दै बिहीबार दलहरूले सयुक्त रुपमा मुद्दा दर्ता गरेका हुन् ।

वातावरणमा प्रतिकुल असर पर्नेगरी आईई रिपोर्ट बनाएको, मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेको, स्थानीय सरकारले नै अवैध दोहनमा पक्षपोषण गरेको जस्ता प्रश्न उठाएर मुद्दा  दायर गरिएको हो । 

नेकपा एमाले, माओवादी केन्द्र, लोसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमतसहितका  प्रतिनिधिहरूले १२ वटा कार्यालयहरूलाई विपक्षी बनाएर  उत्प्रेषणयुक्त परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन् । 

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महोत्तरी जिल्ला समन्वय समिति, महोत्तरी, बर्दिबास नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयको कार्यालय महोत्तरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश, देव विष्णु कन्टक्सन एण्ड सप्लायर्स प्रा.लि.,राजेश एण्ड ब्रदर्श निर्माण तथा सप्लायर्स प्रा.लि.दोलखा जिल्ला भिमेश्वर नगरपालिका र राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समिति सातदोबाटो ललितपुरलाई विपक्षी बनाइएको छ ।

उक्त रिटको यही फागुन २० गते नै पेशी तोकिएको निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ता पदम बहादुर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ३ : ५८ बजे

मिथिला मध्यमा परिक्रमाका यात्री जलेश्वरतर्फ

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा ‘महाकुम्भ’ भनिने १५ दिने मिथिला

शुक्लाफाँटा निकुञ्ज बाहिर पाटेबाघ, स्थानीय त्रसित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–५  गर्जमुनि क्षेत्रमा पटकपटक पाटेबाघ देखिएपछि स्थानीय

बंगलादेशमा नयाँ सरकारमाथि प्रश्न, तारिक रहमानको आलोचना

काठमाडौं- तारिक रहमानले प्रधानमन्त्री पदको शपथ लिएको तीन दिनमै देशको

पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौं– नेपाल–पोर्चुगल द्विपक्षीय  परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

काठमाडौं– आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई