उत्पादन लागत घटाउन कृषिमा यान्त्रिकीकरण « Khabarhub

उत्पादन लागत घटाउन कृषिमा यान्त्रिकीकरण


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ नगरपालिकाले कृषिजन्य वस्तुको उत्पादन लागत घटाउनका लागि यान्त्रिकरणको प्रयोगमा जोड दिएको छ । नगरपालिकाले नीति तथा कार्यक्रममा स्वीकृत योजनाअन्तर्गत किसानलाई अनुदानमा थ्रेसर मेसिन प्रदान गरेको हो ।

नगरपालिकाले पाँच सय किसानलाई सेवा दिनेगरी तीनवटा किसान समूह, एउटा सहकारी संस्था र छ किसानलाई गरी १० वटा थ्रेसर मेसिन पचास प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । नगरपालिकाले वडा तहगतरूपमा पायक पर्नेगरी गहुँ, कोदो र धान चुट्ने थ्रेसर मेसिन हस्तान्तरण गरिएको जनाएको छ ।

दक्ष जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिदै गएपछि कृषिमा यान्त्रिकीकरणका बढाउन सुरु गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठको भनाइ छ । गत वर्ष मिनीटेलर हलो अनुदानमा वितरण गरेको नगरपालिकाले यसपटक थ्रेसर मेसिन हस्तान्तरण गरेको उनले जानकारी दिए।

नगरपालिकाले चालु आर्थिक वर्षमा मेसिन खरिदका लागि  तीन लाख बजेट विनियोजन गरेको थियो । नगरपालिकाले एउटा थ्रेसर मेसिनलाई रु ५८ हजारमा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको हो । 

अनुदानमा थ्रेसर मेसिन पाउँदा सहज भएको किसान सुरेश विकले बताए। 

पालिकाले कालिमाटी कृषक समूह, ठाडाँस्वारा कृषक समूह, रूम्टा कृषक समूह, पालुवा कृषि सहकारी र छ किसानलाई मेसिन हस्तान्तरण गरिएको जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ५ : १७ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला