नेपाली चलचित्रलाई विश्वबजारसम्म पुर्‍याउनुपर्छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

नेपाली चलचित्रलाई विश्वबजारसम्म पुर्‍याउनुपर्छ : अध्यक्ष तिमिल्सिना


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आधुनिक प्रविधिको सदुपयोग गरी गुणस्तरीय एवं व्यावसायिक चलचित्र निर्माण गरी विश्वबजारसम्म पुर्‍याउनुपर्ने समय आएको बताएका छन् ।

नेपाली चलचित्रकर्मीको अन्तरराष्ट्रिय सञ्जालको प्रथम साधारणसभाका अवसरमा आयोजित ‘सिमानाभन्दा पर : नेपाली चलचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले बदलिँदो विश्वपरिवेशलाई ध्यान दिँदै नेपाली सिने उद्योगलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरे।   

वरिष्ठ चलचित्रकर्मी नीर शाहले कलाकर्मीबीचको अविश्वास र बेमेलका कारण चलचित्र व्यवसाय अपेक्षा गरिएअनुसार फस्टाउन नसकेको उल्लेख गर्दै व्यावसायिक सफलताका लागि लगनशील भई एकताबद्धरूपमा अघि बढ्न चलचित्रकर्मीसँग अनुरोध गरे। 

सञ्जालका अध्यक्ष लब प्याकुरेलले नेपाली युवाको विदेसिनेक्रम बढेसँगै राम्रा चलचित्रले पनि बजार पाउन नसकेका सन्दर्भमा नेपाली भाषीको उल्लेख्य उपस्थिति भएको विश्वबजारसम्म नेपाली चलचित्र पुग्नुपर्ने धारणा व्यक्त गरे। 

सो अवसरमा नेपाली चलचित्र उद्योगमा उल्लेख्य  योगदान पुर्‍याउने गीतकार डा कृष्णहरि बराल, अग्रज एवं वरिष्ठ चलचित्रकर्मी भुवन चन्द, गौरी मल्ल, करिष्मा मानन्धर, राजकुमार राई, उद्धव पौडेल, रवीन्द्र खड्का, मुकुन्द भट्टराईलगायतका व्यक्तित्वलाई सम्मान गरिएको थियो । 

सो अवसरमा सञ्जालका नवनिर्वाचित अध्यक्ष प्याकुरेल, उपाध्यक्षद्वय प्रदीपलाल श्रेष्ठ र लक्ष्मण सुवेदी, महासचिव रमेश कोइराला, सचिव भीष्मराज फुलारा, कोषाध्यक्ष थण्डबहादुर अधिकारीलगायत १२ सदस्यीय पदाधिकारी एवं कार्यकारी सदस्यलाई प्रमाणपत्र पत्र प्रदान गरिएको थियो । 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ६ : ३६ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन