बागमती प्रदेशसभाको बैठकबाट विशेष समिति गठन « Khabarhub

बागमती प्रदेशसभाको बैठकबाट विशेष समिति गठन


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकले बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन गरेको छ ।

बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताबीच भएको सहमति अनुसार सत्तापक्षका प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले विशेष समिति गठनको प्रस्ताव टेबुल गरेका थिए । उनलाई सभामुख भुवनकुमार पाठकले प्रस्ताव टेबुल गर्न समय दिएका थिए ।

प्रदेशसभा सदस्य ढकालले प्रस्तुत गरेको उक्त विशेष समितिको प्रस्तावलाई इन्द्रप्रसाद गोतामे, रमा आले मगर, शैलेन्द्र बज्राचार्य र मधुसुदन पौडेलले सर्मथन गरेका थिए ।

बैठकले उक्त समितिको संयोजकमा गोविन्द लम्सालसहित ११ सदस्यीय समिति गठन गरिएकामा सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ । उक्त विशेष समितिको सदस्यहरुमा डा दिनेशचन्द्र देवकोटा, इन्द्रप्रसाद गोतामे, उद्धव थापा, गिरबहादुर तामाङ, प्रभात तामाङ, वसन्तप्रसाद मानन्धर, रत्नप्रसाद ढकाल, रमा आले मगर, मधुसुदन पौडेल र शैलेन्द्रमान बज्राचार्य छन् ।

विशेष समितिले बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी प्रतिवेदन यही फागुन २९ गते बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्न अनुमति दिएको छ । यसैगरी, उक्त बैठकमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले प्रदेश हस्तकलाग्राामको स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०८० प्रस्तुत गरे।

बागमती प्रदेशसभाका सभामुख पाठकले प्रदेशसभाको अर्को बैठक यही फागुन २९ गते अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरे।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ९ : ०० बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता