दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी « Khabarhub

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको हो । राजस्थानले दिएको १८६ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन मात्र बनाएको थियो ।

दिल्लीका लागि डेभिड बार्नरले सर्वाधिक ४९ रन बनाए भने ट्रीस्टान स्टब्सले अविजित ४४ रन बनाएका थिए । त्यसैगरी राजस्थानका बलर नान्द्रे बर्गर र युजवेन्द्र चहलले २औ२ तथा आभेस खानले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले रियान परागको ४५ बलमा ८४ रनको इनिंगको मद्दतले २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

यो जितपछि राजस्थानले लगातार दोस्रो जित हासिल गरेको छ भने दिल्लीले यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ । 

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ७ : ३१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।