ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार  « Khabarhub

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ। 

वृद्धावस्थामा दाँत झर्दा समस्यामा रहेका ८४ जना वृद्धवृद्धाको ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम अन्तर्गत दाँत फेरिदिएको हो । बुढेशकालमा दाँत फेर्न पाउँदा खुसी लागेको स्थानीय ७३ वर्षीय वृद्ध टङ्कबहादुर भुजेलले बताए ।

 गाउँपालिकामा निःशुल्क दाँत फेर्न पाउँदा समय र पैसाको बचत भएको उनको भनाइ छ।

 ‘गाउँपालिकाले हामीलाई दाँत उपहार दिएको छ’, उनले भने, ‘आर्थिक अवस्था कमजोर भएको कारण नयाँ दाँत लगाउन सकेको थिइन् । गाउँपालिकाले दाँत फेरिदियो मलाई एकदम खुसी लागेको छ ।’

आफ्नै ठाउँमा दाँत फेर्न पाउँदा सहजतासँगै खुसी लागेको स्थानीयवासी ७२ वर्षीय वृद्ध गङ्गाबहादुर राईले बताए । यहाँका सातवटै वडाका ज्येष्ठ नागरिकको खोजी गरेर दाँत उपहारका रुपमा दिएको गाउँपालिका प्रमुख शालिकराम खत्रीले बताए ।

 पहिलो चरणमा चिकित्सकले दाँतको परीक्षण गरेर आकारको नाप, जाँच लिएका थिए। त्यही नाप, जाँचको आधारमा ८४ जना ज्येष्ठ नागरिकको दाँत परिवर्तन गरिएको उनको भनाइ छ ।

‘गाउँपालिकाको तर्फबाट ज्येष्ठ नागरिकलाई दाँत उपहार दिएका छौँ,’ अध्यक्ष खत्रीले भने, ‘दाँत नहुँदा माड खाएर बसेका ज्येष्ठ नागरिकलाई सहजता थप्न दाँत दिएका हौँ ।’ उपलब्ध गराइएको दाँतमा केही समस्या आएमा दश वर्षसम्म निःशुल्क मर्मत गर्ने गरी अस्पतालसँग गाउँपालिकाले सम्झौतासमेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खतिवडाले जानकारी दिए। 

ज्येष्ठ नागरिकको मनोबल बढाउनका लागि ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रममामार्फत गाउँपालिकाले निःशुल्क दाँत उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताइन् ।

बुढेसकालमा खानपानसँगै सौदर्यतासमेत प्रभाव पर्ने भएकाले गाउँपालिकाले दाँत फेरिदिएको उपाध्यक्ष ढकालले बताइन्। ‘आर्थिक रुपमा कमजोर रहेका ज्येष्ठ नागरिकलाई दाँत लगाइदिएका छौँ,’ उपाध्यक्ष ढकालले भने, ‘यसले उहाँहरूलाई मिठो मसिनो खान सहजता हुन्छ। यसले ज्येष्ठ नागरिकको दैनिक जीवनलाई सहज बनाउँछ भन्ने हाम्रो अपेक्षा हो ।’

गाउँपालिकाले दश लाख बजेट विनियोजन गरेर पूर्वाञ्चल डेन्टल हस्पिटल इटहरीसँग साझेदारीमा दाँत वितरण गरेको हो । फेरिएका दाँतको १० वर्षे वारेन्टी रहेको पूर्वाञ्चल हस्पिटल अस्पतालका सञ्चालक केशव रिमालले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १२ : १४ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।