प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु « Khabarhub

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

निर्माण व्यवसायीको भुक्तानीमा अघिल्ला अर्थमन्त्रीलाई दोष


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले कमान्ड लिने गरी तयारी गरेको बताएका छन् ।

बजेटमा रणनीतिक महत्वका आयोजनाहरू ओझेलमा पर्ने, अनावश्यक योजनाहरू थपिँदै जाने, राज्यको दायित्व बढ्दै जाने र खास गुणात्मक प्रतिफल नदेखिने बेथितिको दुष्चक्रबाट मुक्त हुने गरी काम गर्न आफूले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग सम्बन्धित मन्त्रालयहरूलाई गम्भीर ढङ्गले निर्देशन दिएको उनको भनाई छ ।

हेटौंडामा जारी नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभामा बोल्दै उनले अघिल्लो सरकारमा प्रधानमन्त्री एकातिर कुद्न चाहने र अर्थमन्त्री अर्कोतिर कुद्न चाहँदा जटिलता उत्पन्न भएको बताए । सोही कारण अघिल्लो सरकारमा हुँदा निर्माण व्यवसायीले भुक्तानी पाउने विषयमा कुरा नमिलेको दाहालको भनाई छ ।

प्रधानमन्त्रीले अघिल्लो सरकारमा हुँदा निर्माण कार्यबापत निर्माण व्यवसायीले प्राप्त गर्नुपर्ने बक्यौता रकम भुक्तानीको प्रक्रियाले निकै जटिलता दिएको बताए ।

आफूले लामो समयदेखि निर्माण व्यवसायीहरूले गरेको कामको निम्ति सरकारले भुक्तानी दिन आनाकानी गर्नुजस्तो बेइमानी केही हुनै नसक्ने बताएको उनको भनाई थियो ।

सार्वजनिक खरिद नियमावली पटक पटक संशोधन हुँदै आए पनि त्यसले नेपालको आवश्यकतालाई अझै सम्बोधन गर्न नसकेको प्रधानमन्त्री दाहालको भनाई थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  २ : ३१ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई