लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए « Khabarhub

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए २१ रनले पराजित भएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड ए विरूद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १ रनमा अलआउट भयो ।

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार गरे पनि टिमको हार टार्न सकेनन् । ५६ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १ सय ६ रनमा आउट भएका लोकेसपनि नेपालको इनिङ धर्मरायो ।

नेपाललाई बलिायो स्थितीमा पुर्‍याउन लोकेशसँग साझेदारी गरेका आरिफ शेख ४९ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानहरु क्रिजमा टिक्नै सकेनन् ।

नेपाल ए का कप्तान विनोद भण्डारीले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अर्जुन घर्ती ३, किरन ठगुन्ना २, बसिर अहमबेद ३ रनमा आउट भए ।

देब खनाल, रासिद खान, कमल ऐरी र हेमन्त धामी शून्य रनमा आउट भए । सागर ढकाल १ रनमा नटआउट रहे ।

यसअघि टस जितेर पहिला बलिङ गरेको नेपालका कमल ऐरीले ३ विकेट लिए । चोटका कारण २ वर्ष मैदान बाहिर रहेका ऐरीले पहिलो ओभरमा नै विकेट लिएका थिए । सागर ढकाल र आरिफ सेखले पनि एक/एक विकेट लिए ।

 

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ४ : ४१ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६