शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै « Khabarhub

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु गरिएको छ । निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिङ्गाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो ।

‘हेड काउन्ट’ र ‘ट्रान्जिट लाइन’ गरी दुई विधिबाट अनुगमन तथा गणना भइरहेको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले राससलाई जानकारी दिए । उनका अनुसार निकुञ्जमा एक दशक अघिदेखि वन्यजन्तु सप्ताहको अवसर पारेर बाह्रसिङ्गाको गणना हुँदै आएको छ ।

बाह्रसिङ्गाको अनुगमनका लागि शुक्लाफाँट, करैया, लालपानी, भतपुरी फाँटा छनौट गरिएको छ । योसँगै घाँसेमैदान रहेको फायरलाइनहरुमा पनि अनुगमन हुने निकुञ्जका सूचना अधिकारी ऐरले बताए । बाह्रसिङ्गाको सबैभन्दा ठूलो झुण्डको बासस्थान निकुञ्जको शुक्लाफाँट घाँसेमैदानमा रहेको भन्दै उक्त मैदान ५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको उहाँले जानकारी दिए ।

सो मैदानमा एक हजार पाँच सय बढी बाह्रसिङ्गाको झुण्ड एकै ठाउँमा रहेको ऐरले बताए । उनका अनुसार ट्रान्जिट लाइन विधिबाट अनुगमनका लागि जेडएसएल नामक संस्थाले सहयोग गरिरहेको छ ।

‘ड्रोन उडाएर अनुगमन गर्दा सबैभन्दा पहिला बाह्रसिङगाको तस्बिर लिने काम हुन्छ । कम्प्युटरको माध्यमबाट तस्बिरमा भएको सङ्ख्या यकिन गरिन्छ’, सूचना अधिकारी ऐरले भने, ‘त्यसपछि पोथी, भाले, वयस्क, बच्चा कति छन् भनेर विवरण तयार गर्छौं ।’ बासस्थान सुधारका लागि प्रत्येक वर्ष घाँसेमैदान व्यवस्थापनको कार्य हुँदै आएकाले बाह्रसिङ्गाको अवस्था सन्तोषजक रहेको उनको भनाइ छ ।

ऐरका अनुसार सन् २०२२ मा गरिएको अनुगमनमा निकुञ्जमा दुई हजार तीन सय १३ बाह्रसिङ्गा थिए । घाँसेमैदानमा झुण्डमा रहने बाह्रसिङ्गा पर्यटकको मुख्य रोजाइमा पर्ने गरेका छन् । मौसमअनुसार बाह्रसिङ्गाले रङ्ग र सिङ फेर्ने गर्दछ ।

निकुञ्जको तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रभित्रका घाँसेमैदान बाह्रसिङ्गाको बासस्थानका रुपमा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ६ : ५१ बजे

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली

झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ

विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

लुम्बिनी र सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ सार्वजनिक : को को परे ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

चीन भ्रमण गरेर स्वदेश फर्किन् विद्या भण्डारी

काठमाडौं– पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी