कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा « Khabarhub

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले आज मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “निवेदकलाई मिति २०७९÷९÷०८ देखि स्वतः निलम्बन रहेको भनी सङ्घीय संसद् सचिवालयबाट मिति २०७९/९/१२ मा प्रकाशित सूचना र सोसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०७९/९/८ मा भएको निर्णय तथा सोको आधारमा गरिएको पत्राचार नेपालको संविधानको धारा २० (५), ८७, २४६ (३), सङ्घीय संसद् सचिवालयसम्बन्धी ऐन, २०६४ को दफा ९, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ (३), (४) को प्रयोग र व्याख्याको दृष्टिले त्रुटिपूर्ण रहेको देखियो ।”

अदाललते २०७९ पुस ८ देखि स्वतः निलम्बन रहेको भनी सङ्घीय संसद् सचिवालयबाट मिति २०७९ पुस १२ मा जारी भएको सूचना र सोसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०७९ पुस ८ मा भएको निर्णय तथा सोको आधारमा गरिएको पत्राचार उत्प्रेषणको आदेशले बदर गरेको छ

प्रतिनिधिसभा सदस्य गुरुङलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री हुँदा काठमाडौँ भृकुटीमण्डपमा रहेको फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग लागेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ८ : ५५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्