चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला « Khabarhub

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय शान्ति मेला ‘लुम्बिनी इन्टरनेशनल पिस फेस्टिबल’ आयोजना हुने भएको छ ।

लुम्बिनीको संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तर्राष्ट्रियरूपमा प्रचार–प्रसार गर्ने उद्देश्यले यही चैत २३ र २४ गते गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मेला आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी विकास कोषले संयुक्तरूपमा मेलाको आयोजना गर्न लागिएको हो । मेलामा म्याराथन दौड, ध्यान र सांस्कृतिक कार्यक्रमसहित प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय मेला आयोजना गर्न लागिको आयोजकले जनाएको छ ।

लुम्बिनीको महत्वबारे विश्वभर थप प्रचार–प्रसार गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने उद्देश्यले मेला आयोजना गरिएको पूर्वपर्यटनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए । सम्मेलनले लुम्बिनीलाई विश्वको पर्यटन गन्तव्यको रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “पर्यटन प्रवर्द्धनसँगै बुद्धको महत्वलाई संसारभर फैलाएर बढी सङ्ख्यामा पर्यटक आकर्षण गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ ।”

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीको प्रवर्द्धन गरी विभिन्न मुलुबाट पर्यटक आकर्षण गर्न मेला फलदायी हुने विश्वास व्यक्त गरे । बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले मुलुकको पर्यटन पुरानै लयमा फर्किएको सन्दर्भमा लुम्बिनीमा आयोजना गरिने मेलाले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

पत्रकार सम्मेलनमा चिनियाँ राजदूतावासको काउन्सिलर वांग सिनले लुम्बिनीको थप ब्राण्डिङ, नेपालको पर्यटन प्रवर्द्धन र चीनलगायत विश्वका विभिन्न मुलुकसँग नेपालको मैत्रीपूर्ण आदानप्रदान बढाउन लुम्बिनीमा सांस्कृतिक र खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।

सम्मेलनको माध्यमबाट दुई देशबीचको सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउने उनको विश्वास छ । काउन्सिलर सिनले चीन नेपालको विकास, पर्यटन प्रवर्द्धनका साथै नेपाली जनताको खुसीका लागि सधैँ साथमा रहेको विचार व्यक्त गरे ।

मेलाको पहिलो दिन बिहान शाक्यमुनि बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसरमा लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान शिविर सञ्चालन हुनेछ । ध्यानका लागि करिब सय जना भिक्षु–भिक्षुणी र चार सय जना सर्वसाधारण गरी झण्डै पाँच सय जनाको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

दोस्रो दिन बिहान लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको हुनेछ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दूरीको हाफ म्याराथन दौड गरिने छ । पाँच किलोमिटरको रोड रेस र तीन किलोमिटरको बाकाथन पनि प्रतियोगितामा समावेश गरिएको छ । कार्यक्रममा नेपाली र चिनियाँ कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुति गर्नेछन् ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १० : २२ बजे

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव

काठमाडौं- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा