गोरुसिङ्गेमा रिसोर्ट बनाउन चिनियाँ कम्पनी बोर र नेपालको साखः ग्रुपबीच सम्झौता « Khabarhub

गोरुसिङ्गेमा रिसोर्ट बनाउन चिनियाँ कम्पनी बोर र नेपालको साखः ग्रुपबीच सम्झौता


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको बोर ग्रुप अफ होटल चाइना र नेपालको साखः ग्रुपबीच कपिलवस्तुको गोरुसिङ्गेमा २ अर्ब रुपैयाँ लगानी गरी सुविधासम्पन्न रिसोर्ट बनाउने सहमति भएको छ ।

काठमाडौंमा जारी लगानी सम्मेलनमा दुई लगानी कम्पनीबीच ७० कोठे रिसोर्ट बनाउने सम्झौता भएको हो । होटल निर्माण गर्न नेपाली र चिनियाँ कम्पनीसँग हङकङको अनफरमन ग्रुप पनि जोडिएको छ ।

अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा साखः एण्ड कम्पनीका अध्यक्ष किरण साख र अनफरमन ग्रुप अध्यक्ष लि पिङले हस्ताक्षर गरेका हुन्‌ । हस्ताक्षर समारोहमा लगानी बोर्डका अध्यक्ष सुशील भट्ट पनि उपस्थित थिए ।

२२ बिगाहा क्षेत्रफलमा फैलने अत्याधुनिक र सुविधासम्पन्न रिसोर्टको एउटा कोठामा एक रात बिताउन ५५ हजार रुपैयाँ तिर्नुपर्ने बताइएको छ । बोर ग्रुपले जापान, लाओस, कम्बोडिया, भियतनाम र चीनमा होटल व्यवसाय सञ्‍चालन गरिरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : २८ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध