रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ « Khabarhub

रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका-१८ रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको छिमेकीले घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

उनको हत्या गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका १८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीय सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। घटनाका आरोपी सोनावतीका ७२ वर्षीय श्रीमान् धनिकलाल यादव भने फरार छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकै अवस्थाबाट रिया हराएकी थिइन् ।

खोजतलास गर्दै जाने क्रममा १४ गते राति साढे ११ बजेतिर रमेशको घरभन्दा उत्तरपट्टीसँगै रहेको छिमेकी धनिकलाल यादवको घरमा बालिकाको शव फेला परेको थियो ।

छतमाथि जाने भर्‍याङको चौतरामा रहेको मुसुरको झङ्टाभित्र प्लाष्टिकको बोराभित्र रियाको लास लुकाई छिपाई राखेको अवस्थामा फेला परेको डिएसपी सापकोटाले बताए ।

करिब एक वर्षदेखि रमेश र धनिकलालको परिवारबीच झैझगडा हुँदै आएको प्रहरी अनुसन्धानले देखाएको छ। सोही विषयमा रिसइबी साधेर धनिकलालको परिवारले रियालाई मार्ने योजना बनाइरहेको प्रहरी अनुसन्धानले देखाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : १८ बजे

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास