समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान | Khabarhub Khabarhub

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको छ । चैतमा रोपेको चैते धानमा रोपेदेखि पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको छ । बढ्दो गर्मीसँगै वैशाख अन्तिम सम्ममा पनि पानी पर्न नसके चैते धानको उत्पादन घट्ने कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताए ।

अन्न भण्डारको रूपमा मानिने मोरङमा यस वर्ष २२ हजार दुई सय हेक्टर जमिनमा चैते धान रोपिएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ ।

गत वर्षभन्दा यस वर्ष दुई सय हेक्टर बढीमा चैते धान रोपिए पनि समयमा पानी नपर्दा किसान चिन्तित रहेको प्रमुख सिंहले बताए । ‘जिल्लाको १७ वटा पालिकामध्ये सुन्दरहरैँचा, बेलबारी, पथरी सनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेष गरी चैते धानको खेती गर्ने गरेको छ’, उनले भने ।

गत वर्ष मौसमले राम्रो साथ दिएका कारण मोरङमा प्रति हेक्टर पाँच दशमलव छ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

‘खोला एवं पानी भएको र बोरिङ गरिएको ठाउँमा लगाइएको धान हरियो भयो, सिँचाइको पहुँच नभएको ठाउँमा लगानी पनि नउठ्ने भयो’ बेलबारी ११ की किसान मैनादेवी न्यौपानेले भनिन् ।

यस क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत धानबाली रहेकोले सिँचाइको पहुँच नपुग्ने ठाउँका किसानलाई सरकारले बोरिङको माध्यमबाट भए पनि सिँचाइ व्यवस्था मिलाउनुपर्ने माग किसानको छ । यसका लागि स्थानीय सरकारले पहल गरिरहेको बेलबारी– ९ का वडाध्यक्ष शालिग्राम बस्नेत बताउँछन्।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  २ : ३३ बजे

ओटीटीमा ‘चपली हाइट ३’

काठमाडौं– नेपाली फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’

नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट आउँछ : मन्त्री भण्डारी

अत्तरिया– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीति तथा कार्यक्रमलाई

अर्थसंक्षेप : १६औँ पञ्चवर्षीय योजना सार्वजनिकदेखि गृहमन्त्रीसमक्ष इप्पानको सुरक्षा मागसम्म

काठमाडौं– बुधबार राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८५÷८६ सम्म मुलुकको

सन्दीपको निलम्बन फुकुवा, विश्वकपमा जाने बाटो खुल्यो

  काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन

पाल्पामा बलेरो जिप दुर्घटना 

तानसेन– पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ। नवलपुर अरुणखोलाबाट पाल्पा