बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड | Khabarhub Khabarhub

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै सचेतनामूलक विषय समावेश गर्न जरुरी रहेकामा सरोकारवालाले जोड दिएका छन् ।

गैरसरकारी संस्था सिविनले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाले लैङ्गिक हिंसा अन्त्य गर्न विद्यालय तहदेखि नै सचेतना अभिवृद्धि र पुरुषको सहयोगका विषय पाठ्यपुस्तकमा समावेश गरिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक हिंसा निवारण शाखाका प्रमुख ममता विष्टले लैङ्गिक हिंसा अन्त्यमा भएका सरकारी पहल र प्रावधानका विषयमा प्रस्तुति दिँदै बालविवाह अन्त्यका लागि सबैको सहयोग जरुरी रहेको बताइन् ।  उनले मन्त्रालयले गठन गरेको लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सञ्जाल र सञ्जाल सक्रिय बनाउन भइरहेका प्रयासबारे समेत जानकारी दिएकी थिइन् ।

सिविन नेपालका प्रतिनिधि निरिजना भट्टले समाजमा व्याप्त लैङ्गिक हिंसासँग सम्बन्धित घटना न्यूनीकरणका लागि थप क्रियाशीलताको खाँचो औँल्याइन् । ‘बालिका दुलही होइनन्’ भन्ने अभियानका प्रमुखसमेत रहेका भट्टले भनिन्,’समाजमा व्याप्त लैङ्गिक हिंसाका थुप्रै कारण छन्, त्यसको न्यूनीकरणका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ ।’

सिविन नेपालले सञ्चालन गर्दै आएको बाल हेल्पलाइन नेपाल मोरङ १०९८ का संयोजक वासु अधिकारले मोरङको बुढीगङ्गा गाउँपालिकाको मुसहर समुदायमा बालबालिका भयावह अवस्था रहेको र त्यस विरुद्ध स्थानीय तहसँगको सहकार्यमा काम गर्दै आएको बताए।

कार्यक्रममा लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सहभागितासम्बन्धी रणनीति २०७४ को प्रभावकारिता र आवश्यक परिमार्जन लगायतका विषयमा समेत  छलफल भएको थियो । सहभागीले सरकारी रणनीतिमा अझै पनि लैङ्गिक अल्पसङ्ख्यकका विषय नसमेटिएका गुनासो गरे ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  २ : ४९ बजे

मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ

काठमाडौं– काठमाडौँको बसुन्धारा र कपनबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा

फिल्म ‘लन्डन टु पेरिस’ : किन भएन पेरिसमा छायांकन ?

काठमाडौं– दुई वर्ष लगाएर बेलायतसहित विभिन्न देशमा छायांकन गरिएको फिल्म

गाजाको राफाह शिविरमा इजरायली आक्रमण, ४० जनाको मृत्यु

काठमाडौं– प्यालेस्टिनी क्षेत्रको राफाहनजिकै विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा इजरायली

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच सम्झौता

काठमाडौं– काठमाडौँस्थित द सोल्टि होटेल ग्रुप र प्रभु बैँकबीच विशेष

नेपाल टेलिकमले ल्यायो ‘रिपब्लिक डे अफर’

काठमाडौं–नेपाल टेलिकमले कम्पनीले गणतन्त्र दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकलाई