तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित)  « Khabarhub

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट भविष्यमा नेपाललाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

१७ औं नेपाल–चीन(तिब्बत) आर्थिक तथा व्यापार मेलाको सोमबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री भण्डारीले रेलवे सञ्जालबाट चीनको मूख्यभूमि चीन र तिब्बत जोडिएको उल्लेख गर्दै त्यहाँ बढिरहेको आर्थिक गतिविधिबाट र रेलवे नेटवर्कले भविष्यमा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

नेपाल र चीन इतिहासको लामो कालखण्डदेखि नै नजिकको व्यावसायिक सहयात्री रहेको उल्लेख गदै मन्त्री भण्डारीले उच्च हिमालय र कठिन भौगोलिक अवस्थिति नेपाल–चीन व्यापारमा कहिले पनि वाधाका रूपमा नरहेको बताए ।

उनले चीनसँग नेपालको व्यापार घाटा बढ्दै गइरहेको सन्दर्भमा त्यहाँको बजारलाई हेरी चिनियाँ लगानी औद्योगिक उत्पादनको विकास र विस्तार गर्न सकिनेमा जोड दिए । उनले व्यापार मेला दुई देशबीच व्यापार प्रवर्द्धन गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा रहने उल्लेख गरे।

मेला यही वैशाख २२ गतेसम्म सञ्चालन हुनेछ ।  मेलामा ५० चिनियाँ र १५ नेपाली व्यापारिक कक्ष राखिएका छन् । नेपाली कक्षहरूमा नेपालबाट चीन निर्यात हुने करिब ४० निर्यातयोग्य वस्तु राखिएका छन् । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा प्रत्येक दुई–दुई वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता बमोजिम यस पटक नेपालमा मेला आयोजना गरिएको हो ।

भिडियाे हेर्नुहाेस् :

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ३ : २८ बजे

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति