रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै « Khabarhub

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषक रामकुमार कार्कीको बगैँचामा रहेका जुनारका बोटमा नम्बरिङ गरी जुनारको बोटमा ट्याग लगाउन थालिएको हो ।

स्थानीय विपिन भट्टराईले भने, ‘जुनारको बोटमा ट्याग लगाएर नम्बरिङ गरेपछि आफ्नो बगैँचामा कति बोट जुनार छन् भन्ने किसानलाई यकिन हुने र कति नं बोटको जुनार कस्तो फल्यो, बोट तथा उमेरअनुसार फल दियो कि दिएन भन्ने कुरालाई सहज बनाउनेछ । त्यसै गरी कुन बोटमा कस्तो रोग लागेको छ त्यसलाई के उपचार गर्न सकिन्छ भन्नेजस्ता कुराहरूको जानकारी यो ट्यागले दिने भएको हुँदा  यो आवश्यकता महसुस गरेर जुनार कृषकले आफ्नै लगानीमा जुनारका बोटमा ट्याग लगाउन सहज होस् भनी यो अभियान थालिएको हो ।’

त्यतिमात्र होइन जुनार कृषक घर नभएको अवस्थामा प्राविधिक पुगे भने पनि यति नं को बोटमा यस्तो रोग लागेको छ भनेर टेलिफोनबाट पनि भन्न र उपचार गराउन सकिन्छ । यसरी ट्याग लगाउँदा जुनारलाई ब्राण्डिङ र बजारीकरणमा पनि सहज हुने भएकाले जानकारको अनुरोधमा आफूले यो कार्यको सुरुआत गरेको ओख्रेनीका जुनार कृषक कार्कीले बताए ।

सो नगरपालिकालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जुनार जोनकारूपमा काम गर्दै आइरहेको छ । जुनारको पहिचान बनाउन सफल बन्दै गएको यस जिल्लाका सबै जुनार बगैँचामा यसरी ट्याग लगाउने तयारी भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेले बताए ।

अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा ट्याग लगाउने काम सुरु भएको हो । यसपछि कुन बोटमा कस्तो जुनार फलिरहेको छ भन्ने कुरा मोबाइलमा स्क्यान गरेर थाहा पाउने प्रविधि पनि भित्र्याउने तयारी पनि भइरहेको प्रमुख गैरेले बताए ।

अहिले सुरुआतीको चरणमा कृषकलाई सहज होस् भनेर आफूले एकमा ट्याग निःशुल्करुपमा जुनार कृषकलाई उपलब्ध गराएको रामेछाप–काठमाडौँ सिर्जनशील समाजका अध्यक्ष तथा स्थानीय विपिन भट्टराईले बताए ।

ट्याग लगाउने कामको शुभारम्भ गदै रामेछापका नगर प्रवक्ता समीर कार्कीले रामेछाप नगर क्षेत्रभित्रका सबै जुनारका रुखमा ट्याग लगाउने कार्य आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुने गरी नगरपालिकाले पनि योजनामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ३ : ४० बजे

त्रिचन्द्र क्याम्पस स्ववियु सभापति कोइरालाको विद्यार्थी राजनीतिमा ‘लिङ्दो समिति’ मोडलको माग

काठमाडौं– त्रिचन्द्र क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति गोविन्द कोइरालाले

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा