राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते वैशाख २४ देखि « Khabarhub

राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते वैशाख २४ देखि


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता वैशाख २४ गतेदेखि हुने भएको छ ।

सोमबार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने जनाएको हो । पुरुषमा ५० केजीमुनि, ६० केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा भिडन्त हुनेछ ।

महिलामा खुला तौलसमूहमा खेल हुनेछ । प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफबाट ७५ पुरुष र ३५ महिला गरी १ सय १० खेलाडीको सहभागिता रहने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले जानकारी दिए ।

पुरुष/महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । चौथो हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ ।  दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ३ : ५८ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा