‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ? « Khabarhub

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले सुरुवाती तीन दिनमा दर्शकबाट राम्रो साथ पाएको छ । उच्च अकुपेन्सीका साथ यो फिल्म चौथो दिनमा प्रदर्शनरत छ ।

यस फिल्मले तीन दिनमा ३ करोडको व्यापार गरेको वितरक कम्पनी टी-फोल्कस्को दाबी छ । वितरकका अनुसार फिल्मले शुक्रबार र शनिबार दुई करोड ३० लाख ‘ग्रस कलेक्सन’ गरेको थियो ।

त्यस्तै, आइतबार कम्तीमा ६५ लाखको व्यापारको गरेको टी-फोल्कका प्रबन्धक प्रचण्डमान श्रेष्ठले खबरहबलाई जानकारी दिए । उनले भने, ‘आइतबारको काठमाडौंको आधिकारिक कलेक्सन आइसकेको छ । उपत्यकाबाहिरको रिपोर्ट आउन केही समय लाग्छ । सबै गरेर कम्तीमा पनि ६५ लाख उठ्ने हाम्रो अनुमान छ ।’

सुलक्षण भारतीको लेखन र निर्देशन रहेको यस फिल्ममा केकी मुख्य भूमिकामा छन् । बालकलाकार सुपला सापकोटाको अभिनयले चर्चा पाएको छ ।

यस फिल्मले बालविवाह र बोक्सी कुप्रथाको कथा पेस गरेको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ का कारण आगामी दिनमा पनि यस फिल्मले दर्शकबाट राम्रो साथ पाउने देखिन्छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : १० बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको