‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ? « Khabarhub

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले सुरुवाती तीन दिनमा दर्शकबाट राम्रो साथ पाएको छ । उच्च अकुपेन्सीका साथ यो फिल्म चौथो दिनमा प्रदर्शनरत छ ।

यस फिल्मले तीन दिनमा ३ करोडको व्यापार गरेको वितरक कम्पनी टी-फोल्कस्को दाबी छ । वितरकका अनुसार फिल्मले शुक्रबार र शनिबार दुई करोड ३० लाख ‘ग्रस कलेक्सन’ गरेको थियो ।

त्यस्तै, आइतबार कम्तीमा ६५ लाखको व्यापारको गरेको टी-फोल्कका प्रबन्धक प्रचण्डमान श्रेष्ठले खबरहबलाई जानकारी दिए । उनले भने, ‘आइतबारको काठमाडौंको आधिकारिक कलेक्सन आइसकेको छ । उपत्यकाबाहिरको रिपोर्ट आउन केही समय लाग्छ । सबै गरेर कम्तीमा पनि ६५ लाख उठ्ने हाम्रो अनुमान छ ।’

सुलक्षण भारतीको लेखन र निर्देशन रहेको यस फिल्ममा केकी मुख्य भूमिकामा छन् । बालकलाकार सुपला सापकोटाको अभिनयले चर्चा पाएको छ ।

यस फिल्मले बालविवाह र बोक्सी कुप्रथाको कथा पेस गरेको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ का कारण आगामी दिनमा पनि यस फिल्मले दर्शकबाट राम्रो साथ पाउने देखिन्छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : १० बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख