‘सिधाकुरा’को ‘द डार्क फाइल’बारे काउन्सिल अध्यक्ष भन्छन् : प्रथम दृष्टिमै अपुष्ट र शंकास्पद थियो « Khabarhub

‘सिधाकुरा’को ‘द डार्क फाइल’बारे काउन्सिल अध्यक्ष भन्छन् : प्रथम दृष्टिमै अपुष्ट र शंकास्पद थियो


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘सिधाकुरा डटकम’ मा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको प्रकाशन र प्रसारण रोकिएको छ । दुई दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरू र मिडिया सञ्चालकहरूलाई समेत जोडेर सार्वजनिक ती सामग्रीले तरंग ल्याएका थिए ।

‘सिधाकुरा डटकम’मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश आनन्दमोहन भट्टराई र दुईजना मिडिया सञ्चालकलाई समेत जोड्दै अख्तियारको स्टिङ अपरेसन रोक्न सेटिङ गरेको आरोपसहित ती सामग्री प्रकाशन-प्रसारण भएका थिए ।

ती सामग्री आएलगत्तै प्रेस काउन्सिलले ’ ‘सिधाकुरा डटकम’लाई पत्र लेखेर २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो ।

तर ‘सिधाकुरा डटकम’का प्रकाशले ती सामग्रीको विश्वसनीयतामा आफू दृढ रहेको अडान लिएका थिए ।

उक्त सामग्रीलाई लिएर सर्वोच्च अदालतमा मानहानी मुद्दा दर्ता भएको पृष्ठभूमिमा प्रेस काउन्सिल नेपालले पनि छानबिन अघि बढाएको थियो ।

यसैबीच ‘सिधाकुरा डटकम’का सम्पादकले काउन्सिलले पठाएको पत्रअनुसार अध्ययन र अनुसन्धान अघि बढेका कारण हाललाई उक्त श्रृङ्खलाका सामाग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको जनाएका छन् ।

‘सिधाकुरा डटकम’का सम्पादकको उक्त निर्णयसँगै उक्त श्रृंखलाका यसअघि प्रसारित-प्रकाशित सामाग्री पनि हटाइएको छ ।

‘सिधाकुरा डटकम’का ती सामग्रीबारे काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले प्रथम दृष्टिमै शंकास्पद रहेकाले प्रश्न उठाइएको बताएका छन् ।

‘हामीले यो अडियोसहितको सामाग्री प्रसारण हुनासाथ प्रथम दृष्टिमै अपुष्ट र शंकास्पद ठानेका थियौँ । काउन्सिलको प्रारम्भिक अनुगमनले तथ्यगत रुपमा त्रुटिपूर्ण र असन्तुलित देखिएपछि त्यसलाई नरोक्दला थप आघात पुग्ने ठानी निर्देशन दिएका थियौं’, बस्नेतले भने, ‘प्रविधिको दुरुपयोग हुन नदिन यो घटनाले सबैलाई पाठ सिकाएको छ ।’

काउन्सिलले उक्त समाचार आएकै दिन त्यसलाई २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो । आचारसंहिता उल्लंघनमा एकैपटक यो समाचार हटाउन काउन्सिलले निर्देशन दिएको यो नौलो अभ्यास हो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : १२ बजे

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल