बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत « Khabarhub

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी भएका छन् ।

यस अघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ । एमालेका भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्दी कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।

यस निर्वाचनमा माओवादी केन्द्रका जनक बहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गर्दै आफ्नो जमानत जोगाएका छन् ।कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ ।

यस क्षेत्रमा उपनिर्वाचनमा ११ उम्मेदवार रेहकोमा शिर्ष तीन उम्मेदवार बाहेक अन्य सबैको जमानत जफत भएको छ ।

एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत प्राप्त गरेपनि जमानत जोगाउन भने सकेनन । त्यस्तै यस क्षेत्रमा राप्रपाका किशोर कुमार खड्काले २४२ मत प्राप्त गरेका छन् भने जसपाका राम बहादुर जाग्रीले ४४ मत मात्र पाएका छन् ।

त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्र बहादुर थापाले ३५ मत प्राप्त गरेका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका दिपक बहादुर खड्काले २८ मत प्राप्त गरेका छन् । त्यस्तै जनमत पार्टीकी शुशिला देवी विष्टले २६, नेमकिपाका खगेन्द्र बहादुर शाहीले २४ र नेशनल रिपब्लिक नेपालका कमल घर्तिमगरले २ मत पाएका छन् ।

६१ हजार ७४८ मतदाता रहेको बझाङको यस उपनिर्वाचनमा शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको थियो, जसमा २९ हजार ७०५ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ३६ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष