एमाले चितवनको अध्यक्षमा फराकिलो मतान्तरसहित पाठक विजयी | Khabarhub Khabarhub

एमाले चितवनको अध्यक्षमा फराकिलो मतान्तरसहित पाठक विजयी


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

भरतपुर- नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् ।

पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले अध्यक्षका अर्का प्रत्यासी घनश्याम कँडेललाई भारी मतान्तरले हराए ।

पाठले ६०६ मतसहित जित निकाल्दा प्रत्यासी कँडेल केबल ९३ मतमा सीमित भएका थिए ।

बुधबार बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित भए ।

पाठकको नेतृत्वमा १२० सदस्यीय जिल्ला कमिटी पनि निर्वाचित भएको छ । जिल्ला कमिटी सदस्यतर्फ केही पालिकामा निर्विरोध भएको छ ।

प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो ।

अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनित २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १२ : २२ बजे

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा