प्रदेश प्रमुख खापुङसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस « Khabarhub

प्रदेश प्रमुख खापुङसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज महालेखा परीक्षकको आर्थिक वर्ष २०७९-८० को छैटौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

प्रदेश प्रमुख खापुङलाई नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम परीक्षक कार्यालयका नायब महालेखापरीक्षक श्रीप्रसाद राईले छैटौँ वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै आगामी दिनमा प्रदेश सभाले प्रतिवेदनमाथि छलफल गर्ने उल्लेख गर्दै मुलुकको आर्थिक स्थिति सुदृढ गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए। 

उनले मुलुकमा जति धेरै बेरुजु घटाउन सकिन्छ त्यति नै धेरै आर्थिक समृद्धि कायम हुने विचार व्यक्त गरे  । कार्यालका नायब महालेखापरीक्षक  राईले प्रदेश मन्त्रालय तथा निकाय गरी एक सय ८० कार्यालयको रु ४७ अर्ब ९३ करोड एक लाख १५ हजार र १८ समिति तथा अन्य संस्थाको रु चार अर्ब ८५ करोड ७० लाख १९ हजार गरी जम्मा रु ५२ अर्ब ७८ करोड ७१ लाख ३४ हजारको लेखापरीक्षण सम्पन्न गरिएको जानकारी दिए।

प्रतिवेदनमा सार्वजनिक गरिएको तथ्यांकअनुसार प्रदेशका सरकारी कार्यालय, समिति तथा अन्य संस्थाको आव २०७९-८० मा फछर्यौट गर्नुपर्ने बेरुजु  एक अर्ब ३१ करोड ७६ लाख १० हजार रहेको छ । समग्र रुपमा प्रदेश अन्तरगतका कार्यालयको कूल बेरुजु दुई दशमलव ५६ प्रतिशत रहेको तथ्यांकमा जनाइएको छ ।

प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालयमा ६१ दशमलव ३० प्रतिशत बेरुजु रहेको छ भने सबैभन्दा कम मुख्य न्यायाधिवक्ताको कार्यालयको शून्य दशमलव शून्य एक प्रतिशत रहेको छ । 

महालेखा  परीक्षकले गत वर्षसम्म प्रदेशका पाँच प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरेको भए पनि प्रदेशसभाको सार्वजनिक लेखा समितिमा दफावार छलफल नभएको देखिएकाले यथाशक्य छिटो छलफल गराइ टुङ्ग्याउनु प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १२ : ३५ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको