‘पूर्णबहादुरको सारङ्गी’ : कसको जोडी बन्दैछिन् अञ्जना ? « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’ : कसको जोडी बन्दैछिन् अञ्जना ?


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्ध भएकी छन् । निर्माण पक्षले लिखित सम्झौतापछि बुधबार उनी अनुबन्ध भएको सार्वजनिक गरेको हो । 

फिल्मका लेखक एवं निर्देशक सरोज पौडेलका अनुसार अञ्जना केन्द्रीय भूमिकाका लागि अनुबन्ध भएकी हुन् ।

यस फिल्मको केन्द्रीय भूमिकाका लागि नायकतर्फ विजय बराल, मुकुन भुसाल र गायक प्रकाश सपूत अनुबन्ध भइसकेका छन् । अञ्जना यी मध्ये कसको जोडी बन्नेबारे निर्माण पक्षले खुलाएको छैन । 

स्रोतका अनुसार यस फिल्ममा नायकहरुमध्ये विजयको भूमिका अझ बढी सशक्त छ । 

निर्देशक पौडेलका अनुसार यो फिल्म गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’ हो । जेठ २२ बाट छायांकनमा निस्कने तयारीमा रहेको निर्माण पक्ष अहिले ‘वर्कसप’मा व्यस्त छ । प्रदर्शनमा मिति २०८२ साललाई तोकिएको छ । 

यसमा भोलाराज सापकोटा, विनोद न्यौपाने, देशभक्त खनाललगायतको अभिनय रहने बताइएको छ । सेभेज सिज इन्टरमेन्टको प्रस्तुती रहने यस फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  १२ : ५३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस