प्रधानमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक « Khabarhub

प्रधानमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भलिबल संघको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका आज सार्वजनिक भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, सशस्त्र प्रहरी बलको एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबका साथै कोसी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब रहेका छन् । 

महिलातर्फ एभरेष्ट भलिबल क्लब बुटवल, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चन्द्रागिरि न्युडायमण्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यही जेठ १९ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल र बूढानीलकण्ठ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई गरी छ खेल हुनेछन् ।

साथै पुरुषतर्फ नेपाल पुलिस र सुदूरपश्चिम स्पोर्ट्स, एपीएफ र गण्डकी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कोसी प्रदेशबीच खेल हुनेछ । यसैगरी उद्घाटन खेलको महिलातर्फ एपीएफ र चन्द्रागिरि न्युडायमण्ड तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । 

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १२ : ५६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले