एमाले मकवानपुरको अधिवेशनको तयारी अन्तिम चरणमा « Khabarhub

एमाले मकवानपुरको अधिवेशनको तयारी अन्तिम चरणमा


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

वाग्मती– नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ ।

हेटौँडामा यही जेठ १८ र १९ गते हुने १२ औँ जिल्ला अधिवेशनको पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए । एमाले मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले अधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न तयारी समितिसमेत गठन गरिएको बताए ।

मकवानपुरका १० वटै पालिकाका प्रतिनिधि, परिवेक्ष तथा विभिन्न जनवर्गीय संगठनबाट छानिएका सात सय ६९ प्रतिनिधि सहभागी हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठको भनाइ छ । 

सो अधिवेशनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । अधिवेशनलाई सफल बनाउन दुई सय जना स्वयंसेवक परिचालन गरिने र उद्घाटनको अघिल्लो दिन हेटौँडा उपमहानगरपालिका क्षेत्रमा मोटरसाइकल र्‍यालीको आयोजना गरिने जनाइएको छ । 

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  १ : ०० बजे

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो