केजरीवालले अन्तरिम जमानत लम्ब्याउन गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार « Khabarhub

केजरीवालले अन्तरिम जमानत लम्ब्याउन गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न माग गरेको निवेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरेको छ ।

कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार सर्वोच्च अदालतले गिरफ्तारीलाई चुनौती दिने निवेदनमाथिको निर्णय सुरक्षित रहेको जनाएको छ । यस विस्तार याचिकाको मुख्य याचिकासँग कुनै सम्बन्ध नरहेको जनाएको छ ।

केजरीवालले आफ्नो स्वास्थ्यको कारण देखाउदै आफ्नो अन्तरिम जमानत ७ दिन थप गर्न माग गरेका थिए । केजरीवाल दिल्लीको खारेज गरिएको रक्सी नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा अन्तरिम जमानतमा छुटेका थिए । उनको जमानत जुन १ मा सकिँदैछ ।

केजरीवालले लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

गत मे १० मा सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर उनी तिहारबाट बाहिरिएका थिए । उनलाई प्रवर्तन निर्देशनालयले मार्च २१ मा पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  १ : २६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया