मापसे कारबाहीमा परेकासहितलाई ट्राफिक प्रहरीले सडकमा खटायो (तस्बिरहरू) « Khabarhub

मापसे कारबाहीमा परेकासहितलाई ट्राफिक प्रहरीले सडकमा खटायो (तस्बिरहरू)


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मादक पदार्थ सेवन गरी कारबाहीमा परेकासहितलाई ट्राफिक प्रहरीले स्वयम्सेवकका रुपमा सडकमा खटाउन थालेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको योजनाअनुसार सवारी नियम उल्लंघन गर्नेहरूलाई बुधबार काठमाडौंका विभिन्न चोकमा खटाएको हो ।

मापसेसहित सवारी नियम मिचेरका कारबाही चलाइएका चालकहरूलाई ट्राफिक स्वयंसेवकमा खटाउन थालिएको हो। ट्राफिक स्वयंसेवकहरूले सिंहदरबार, माइतीघर, थापाथली चोकसहितमा पुगेर अब सवारी व्यवस्थापनमा सहयोग गर्न थालेका हुन् ।

लामिछानेले गणतन्त्र दिवसको अवसर पारेर अनौठो नियमको सुरुवात गरेका थिए । गणतन्त्र दिवस अवसरमा शुभकामना सन्देश दिँदै उनले ‘एउटा सानो प्रयास’ नाम दिएर अनौठो नियम ल्याएका थिए। जसलाई बुधबारदेखि नै कार्यान्वयनमा ल्याइएको हो ।

उनले अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारी हुँदाको चार दिन सडकमा ड्युटी गर्न जानुनपर्ने नियम लागु गरेका थिए ।

महिला ट्राफिक प्रहरीहरूलाई महिनावारीका क्रममा आराम दिएपछि त्यसको विकल्पमा मापसेमा परेकाहरूलाई खटाउन थालिएको हो।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  २ : १९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस