एमालेको राष्ट्रिय महिला भेलामा आइपुगे ओली  « Khabarhub

एमालेको राष्ट्रिय महिला भेलामा आइपुगे ओली 


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलामा अध्यक्ष ओली आइपुगेका छन् । 

बुधबार काठमाडौँस्थित प्रज्ञा भवन कमलादीमा आयोजित सो भेलामा आली पनि सहभागी भएका हुन् ।

भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला गरी ५ हजार प्रतिनिधि सहभागी छन् । 

राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष ओली रहेका छन् । 

२०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को संकल्प प्रस्तावको रूपमा पास गरेको थियो। त्यसैको सेलिब्रेसन गर्ने भेला आयोजना गरिएको पूर्व मन्त्री विमला राई पौडेलको भनाइ छ ।

उनका अनुसार आज कार्यपत्र पनि प्रस्तुत हुने छ । कार्यपत्र राई र विद्या भट्टराईले बनाएका छन् । उक्त पत्रमा युगदेखि अहिले सम्मको महिला आन्दोलनको उपलब्धि समेटिएको बताइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  २ : १७ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित