राजस्व सचिव भन्छन् : आर्थिक गतिविधि बढाउन राजस्व दर चलायौँ « Khabarhub

राजस्व सचिव भन्छन् : आर्थिक गतिविधि बढाउन राजस्व दर चलायौँ


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले देशमा आर्थिक गतिविधि बढाउन राजस्वका दरमा हेरफेर गरिएको बताएका छन्।

मंगलबार संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेटबारे बुधबार मन्त्रालयमा आ‍योजित पत्रकारसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

‘आर्थिक गतिविधिलाई चलायमान गराउने गरी राजस्वदर चलाएका हौँ । राजस्व उठाउनेमात्रै उद्धेश्यले होइन’, उनले भने, ‘वैदेशिक लगानी भित्र्याउन र प्रवर्द्धन गर्ने नीति पनि लिएका छौँ । राजस्व दर वृद्धिभन्दा पनि दायरा वृद्धिलाई हेर्यौं ।’

उनले आलुप्याज र स्याउमा कर घटाउनुको कारणबारे पनि जवाफ दिएका छन् ।

‘पहिले स्वदेशी कृषकलाई प्रोत्साहित गर्न बढाइएको थियो, तर तल्लो तहमै भार पर्‍यो’, उनले भने, ‘त्यसैले घटायौँ ।’

उनले हरित कर पनि अत्यन्त न्यून लगाइएको जवाफ दिए । ‘जैविक इन्धन प्रयोग गर्ने उद्योगमा लगाउने निर्णय भएको हो । यो निकै न्यून लाग्छ । ५० पैसाबाट शुरू हुन्छ । खासै भार पर्दैन’, उनले भने ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  २ : २९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया