बजेटबारे अर्थसचिव मरासिनी : राजनीतिक दबाब थियो तर सिलिङ नाघेन « Khabarhub

बजेटबारे अर्थसचिव मरासिनी : राजनीतिक दबाब थियो तर सिलिङ नाघेन


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थसचिव मधु मरासिनीले राजनीतिक दबाबबीच अर्थमन्त्री वर्षमान पुनले सिलिङ ननाघ्ने गरी बजेट ल्याएको बताएका छन्।

मंगलबार संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘बजेटको वित्तीय पक्ष र आकारबारे धेरै कुरा आएका छन् । माघमा सिलिङ पठाएर जेठमा कार्यक्रम प्रस्ताव हुँदा बीचमा धेरै माग हुन्छ’, उनले भने, ‘मन्त्रालयहरूले पहिले पाएको सिलिङलाई आफ्नो अधिकार नै भन्ठान्छन् । पछि कार्यक्रम थप्छन् ।’

उनले बजेटलाई लिएर राजनीतिक दबाब भए पनि अर्थमन्त्री पुनले कुरा बुझ्दा सन्तुलित आउन सकेको बताए ।

मरासिनीले अन्तरक्रियाका क्रममा वित्त आयोगले ५.५ प्रतिशत ऋण उठाउन पाइने पत्र दिएकाले ऋण अलिक बढी उठाउन खोजिएको जवाफ दिए ।

‘अर्को कुरा, आगामी आर्थिक वर्षको जीडीपी अहिलेको भन्दा धेरै हुन्छ’, उनले भने, ‘त्यसैको अनुपातमा ऋण उठाउने हो, त्यसैले बजेटले सिलिङ नाघ्दैन ।’

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  २ : ४६ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट