पद्मकन्या क्याम्पसमा मंगलादेवी सिंह फाउन्डेसनको अक्षयकोष स्थापना | Khabarhub Khabarhub

पद्मकन्या क्याम्पसमा मंगलादेवी सिंह फाउन्डेसनको अक्षयकोष स्थापना


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पद्मकन्या बहुमुखी क्याम्पसमा मंगलादेवी सिंह फाउन्डेसनले ५ लाख राशीको अक्षय कोष स्थापना गरेको छ।

फाउन्डेसनकोतर्फबाट सिर्जना सिंहले अक्षय कोषका लागि ५ लाख राशीको चेक क्याम्पस प्रमुखलाई हस्तान्तरण गरेकी छन् । पद्मकन्या क्याम्पसमा आज एक कार्यक्रमकाबिच अक्षयकोष स्थापना गरिएको हो । 

पद्मकन्या क्याम्पसको राजनीतिशास्त्रका विद्यार्थीका लागि । एम. ए.र स्नातक तहका विद्यार्थीलाई प्रत्येक वर्ष अक्षय कोषबाट छात्रवृत्ति दिइनेछ । क्याम्पस प्रमुख  प्रा. डा. जयालक्ष्मी प्रधानले अक्षयकोष स्थापनाले आफूहरू उत्साही भएको भन्दै फाउन्डेसनलाई धन्यवाद दिइन् । उनले पद्मकन्या स्थापनामा समेत मंगलादेवी सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।

फाउन्डेसनको तर्फबाट बोल्दै नेतृ सिंहले नेपालको राजनीतिमा मंगलनलेवी सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । महिलाहरूका लागि छुट्टै विद्यालय र  क्याम्पस स्थापनाका लागि मंगलादेवी सिंहले गरेको सङ्घर्षको चर्चा गरेकी थिइन् । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम र राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीले अक्षयकोषको स्थापनाले गरिब, जेहनदार विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  २ : ५५ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार