बजेटपछि ओरालो लाग्यो नेप्से, २३.८१ अंकले घट्यो  « Khabarhub

बजेटपछि ओरालो लाग्यो नेप्से, २३.८१ अंकले घट्यो 


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटले शेयर बजारमा उत्साह आउन सकेन । मंगलबार संघीय सदनमा अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्दा शेयर बजार सुधार गर्ने ठोस कुरा केहीपनि समेटेनन् । 

त्यसको प्रभाव बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समेत देखिएको छ । बजेट भाषण हुने अघिल्लो दिन अर्थात सोमबार नेप्से उच्चतम् २०८६.८३ विन्दुमा पुगेको थियो । सोमबार बजार बन्द हुँदा समेत नेप्से बढेर २१०० को विन्दु भने कायम  रहेको थियो । बजार बन्द हुँदा नेप्से २११३.२४ विन्दु काय गरेको थियो । 

तर, बजेट आएको दोस्रो दिन नेप्से २३.८१ अंकले घटेको छ । आज प्रि ओपन सेसनमा २० अंकले बढेको नेप्से १.१२ प्रतिशतले घटेर २०८९.४२ विन्दु कायम भएको छ ।
आज ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार १५९ कित्ता शेयर ६३ हजार ८० पटक किनबेच भएको छ । 

बुधबार ३१४ वटा कम्पनीको शेयर कारोबार हुँदा ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

आज सेन्सेटिभ इन्डेक्स ४.८२ अंकले, फ्लोट इन्डेक्स २.१७ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३६ अंकले घटेको छ । आज समुहमा पनि लगानीकर्ताले धेरै गुमाएका छन् । १३ वटा समूहमध्ये आज सबैभन्दा बढी जीवन बीमा समूहको शेयर घटेको छ । 

जीवन बीमा समूह आज १३४.६४ अंकले घटेको छ । आज सबैभन्दा बढी उत्पादन समूहको शेयर बढेको छ । उत्पादनमा आज १७०.०१ अंकले बढेको छ । 

१३ समूहमा म्युचअल फण्ड बराबर भएको छ भने अन्य ४ समूहको शेयर भने बढेको छ । ८ समूहको शेयर भने घटेको छ । आज युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, माथिल्लो लोहोर खोला जलविद्युत र भगवती हाइड्रोपावर कम्पनीको शेयरमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ३ : १६ बजे

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चितवन– चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि प्रहरी हिरासतमा

काठमाडौँ– गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको  अभियोगमा  धनुषाको सबैला नगरपालिका–१२