कम्युनिस्ट पार्टीले नै महिलालाई अगाडि सारेको हो : उपाध्यक्ष  शाक्य  « Khabarhub

कम्युनिस्ट पार्टीले नै महिलालाई अगाडि सारेको हो : उपाध्यक्ष  शाक्य 


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिस्ट पार्टीले नै महिलालाई अगाडि सारेको बताएकी छन् । 

एमाले महिला राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शाक्यले विभिन्न समयमा कम्युनिस्ट पार्टीले महिलाको मुद्दालाई अगाडि ल्याएको स्मरण गरेकी हुन् ।  

उनले भनिन, ‘कम्युनिस्ट पार्टी स्थापनाबाट नै महिलालाई अगाडि बढाएको छ । मोतिदेबिलाई २००६ सालमा नै पार्टी स्थापनामा समेटिएको थियो । त्यहाँबाट नै महिला सहभागी सुरु  भएको छ। ३७ सालमा अपानी ८ मा महिला सहभागिता उल्लेख गरेको छ । ३७ सालमा नै ७ सदस्य अखिल नेपाल महिला संघ स्थापना गरेको छ । ४९ सालमा एमाले पाचौँ महाधिवेशनमा पनि   कमिटीमा पनि महिलाको विषय समेटिएको छ ।’

उनले पैत्रिक सम्पत्तिमा महिलाको हक लाग्ने विषय एमाले उठाएको बताइन् । ४९ सालमा ३३ प्रतिशत महिला सहभागी पुर्‍याउँदै जाने उल्लेख गरेको बताइन् । 

६२ सालमा पार्टी केन्द्रिय कमिटी बैठकमा पनि पार्टीले विभिन्न मुद्दा  अगाडि सारेको र अन्य पार्टीले पनि त्यसलाई अंगीकार गरेको बताइन ।

उनले महिलालाई समानुपातिक हैन प्रत्यक्ष नै सहभागी गराउन नेतृत्व तयार हुनुपर्ने बताइन । यसका लागि एमालेले छलफल चलाउनुपर्ने बताइन् । 

उनले भनिन , ‘राजनीतिक प्रशिक्षणको जरुरी छ । भोलि खुलेर बोल्नुहोला ।’

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ३ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको