बेल्जियममा नेपाली ‘फुड फेस्टिबल’ सम्पन्न « Khabarhub

बेल्जियममा नेपाली ‘फुड फेस्टिबल’ सम्पन्न


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

बेल्जियम– नेपाली खानालाई युरोपमा चिनाउने उद्देश्यले नेपाली ‘फुड फेस्टिबल’ अर्थात खाना महोत्सव  सम्पन्न भएको छ । साथै महोत्सवले नेपालमा पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने आयोजकको अपेक्षा राखेको छ ।   

महोत्सवमा नेपालका विभिन्न भेगमा खाइने थरीथरीका खानाका परिकार १४ वटा खानाका स्टलहरू राखिएको थियो । त्यस्तै, नेपाली हस्तकलाका सामग्रीका दुई वटा स्टलहरू थिए । 

बेल्जियम व्यवसायी संघका महासचिव जगदिश सापकोटाका अनुसार फेस्टिबलमा विदेशीलाई नेपाली खाना पकाउन प्रयोग हुने भाँडाकुँडा र मसलाबारे जानकारी दिइएको बताए । 

उनले लुभेनमा १७०  भन्दा बढी देशका मानिसहर बस्दै आएको भन्दै नेपालीसँग झनै घनिष्ट सम्बन्ध रहेको बताए । 

उनले भने, ‘नेपाल र नेपालीसँगको सम्बन्ध भविष्यमा अझ बलियो हुनेछ ।’ बेल्जियम र युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीले नेपाली खानाको मात्रै नभई नेपालको संस्कृतिको पहिचान र नेपाली आत्मीयता बेल्जियमबासिले सधैँ सम्झने गरेको बताए ।

राजदूत भण्डारीले भने, ‘फेस्टिबलमा खानाको अलावा नेपाली विभिन्न उत्पादनहरूको पनि प्रदर्शन गरिएको छ । यी कार्यक्रमले दुई देशका जनतालाई एक आपसमा जोड्ने पुलको रुपमा काम गर्नेमा म विश्वस्त छ ।’

युरोपियन युनियनका उपनिर्देशक पाउला पाम्पालोनी, बेल्जियम सांसद एवं परराष्ट्र सम्बन्ध समितिका सभापति एल्स भान होस लगायत १५ भन्दा बढी देशका राजदूत, बेल्जियम सरकार र युरोपियन युनियनका अधिकारीहरूको सहभागिता थियो ।

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले फेस्टिबलले नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्नमा टेवा पुर्‍याउने बताइन् । 

त्यस्तै, नेपाली व्यवसायी संघ बेल्जियम तथा नेपाली फुड फेस्टिबलका अध्यक्ष चिरनकुमार खवासले यस्ता महोत्सवले दुई देशबीचको कूटनीतिक तथा सामाजिक सम्बन्ध बलियो बनाउने बताए । 

आयोजकको तर्फबाट फेस्टिबल संयोजक एवं उपाध्यक्ष कासी दनै, अध्यक्ष चिरनकुमार खवास र राजदूत राजभन्डारीले मायाको चिनो प्रदान गरेका थिए । नेपाली व्यवसायी संघ बेल्जियम, नेपाली राजदुताबास र अन्य संघसंस्थाहरुको संयोजनमा फेस्टिबल भएको हो । फेस्टिबल समारोहको उद्घाटन लुभेन नगरपालिका मेयर मोहमद रुद्वानीले गरेका थिए ।

महोत्सवमा नेपाली कला संस्कृति झल्कने नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो । साथै, स्टल राखेकाहरुलाई सम्मान गरिएको थियो । महोत्सवमा २२ हजार बढीको सहभागिता रहेको आयोजकको दाबी छ ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ४ : ४१ बजे

‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले जननायक विपी कोइरालाको ४४औं स्मृति दिवसका असरमा

बीपी स्मृति दिवसकै दिन कांग्रेस ईतरले रोज्यो फुटको साइत, सदस्यता नवीकरणमा गलेन संस्थापन

गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवाद समाधान हुन

खाद्य तथा कृषि संगठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

काठमाडौं– नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ)

शासकीय सुधारलाई निरन्तरता दिने सचिव बैठकको निर्णय

काठमाडौं– सरकारका सचिवहरूको बैठकले शासकीय सुधारका लागि अघि बढाइएका कार्यक्रमलाई निरन्तरता

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ।