महिला समानता र आन्दोलनका लागी धेरै त्याग गर्नुपर्‍यो : ओली  « Khabarhub

महिला समानता र आन्दोलनका लागी धेरै त्याग गर्नुपर्‍यो : ओली 


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मानव समाजलाई यहाँसम्म पुर्‍याउन महिलाको सबैभन्दा बढी योगदान रहेको बताएका छन् । 

एमाले राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

उनले भने, ‘ब्यवस्था परिवर्तन भयो अवस्था उस्तै छ भन्ने  भर्खर आएका केटाकेटीले हो । उनीहरूलाई के थाहा अवस्था कस्तो थियो भनेर । कति संघर्ष गर्नु परेको थियो । महिला समानता र आन्दोलनका लागी धेरै त्याग गर्नुपरेको छ । ‘

उनले केही  शारीरिक रुपमा भिन्नता भएपनि अरु सबै कुरामा समान भएको बताए । उनले मानव जातिलाई हुर्काउने दायित्व पनि महिलाको हातमा भएको बताएका हुन् । 

उनले भने,  ‘हाम्रो समाज विदेशी मुलुकभन्दा छुट्टै पारस्परिक सहयोग भएको समाज हो ।  मैले मेरी आमालाई म भन्दा दोस्रो दर्जामा राखिनँ । चेलीको अस्मिताको प्रश्न सबैको हो । ‘

‘एमाले यहाँसम्म पुग्नुमा महिलाको हात छ । निर्वाचनपछि टर्च बालेर एमालेलाई खोज्नुपर्छ भन्नेहरुलाई अब निर्वाचनपछी टर्च बालेर खोज्नुपर्छ । उनले भने आत्मानिर्भर बन्न नयाँ क्षमता खोज्यौ। घर फर्किएपछि नयाँ चिज केही गरौँ । साना कामबाट नयाँ काम गरौँ । म सबैलाई भन्न चाहन्छु ।’

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ४ : ५३ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप