महिला समानता र आन्दोलनका लागी धेरै त्याग गर्नुपर्‍यो : ओली  | Khabarhub Khabarhub

महिला समानता र आन्दोलनका लागी धेरै त्याग गर्नुपर्‍यो : ओली 


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मानव समाजलाई यहाँसम्म पुर्‍याउन महिलाको सबैभन्दा बढी योगदान रहेको बताएका छन् । 

एमाले राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

उनले भने, ‘ब्यवस्था परिवर्तन भयो अवस्था उस्तै छ भन्ने  भर्खर आएका केटाकेटीले हो । उनीहरूलाई के थाहा अवस्था कस्तो थियो भनेर । कति संघर्ष गर्नु परेको थियो । महिला समानता र आन्दोलनका लागी धेरै त्याग गर्नुपरेको छ । ‘

उनले केही  शारीरिक रुपमा भिन्नता भएपनि अरु सबै कुरामा समान भएको बताए । उनले मानव जातिलाई हुर्काउने दायित्व पनि महिलाको हातमा भएको बताएका हुन् । 

उनले भने,  ‘हाम्रो समाज विदेशी मुलुकभन्दा छुट्टै पारस्परिक सहयोग भएको समाज हो ।  मैले मेरी आमालाई म भन्दा दोस्रो दर्जामा राखिनँ । चेलीको अस्मिताको प्रश्न सबैको हो । ‘

‘एमाले यहाँसम्म पुग्नुमा महिलाको हात छ । निर्वाचनपछि टर्च बालेर एमालेलाई खोज्नुपर्छ भन्नेहरुलाई अब निर्वाचनपछी टर्च बालेर खोज्नुपर्छ । उनले भने आत्मानिर्भर बन्न नयाँ क्षमता खोज्यौ। घर फर्किएपछि नयाँ चिज केही गरौँ । साना कामबाट नयाँ काम गरौँ । म सबैलाई भन्न चाहन्छु ।’

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ४ : ५३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग