एमालेको महिला भेला, यस्तो छ आन्दोलनसम्बन्धी दस्तावेज « Khabarhub

एमालेको महिला भेला, यस्तो छ आन्दोलनसम्बन्धी दस्तावेज


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महिला भेला जारी छ । एमालेले काठमाडौंमा राष्ट्रिय महिला भेला गरेको हो । आजदेखि सुरु भएको सो भेला भोलिसम्म चल्ने छ ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले यो भेला गर्ने पाएकामा अत्यन्त खुसी भएको बताए ।

राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता पार्टी अध्यक्ष केपी शर्मा ओली थिए । 

२०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को संकल्प प्रस्तावको रूपमा पास गरेको थियो। त्यसैको सेलिब्रेसन गर्ने भेला आयोजना गरिएको पूर्व मन्त्री विमला राई पौडेलको भनाइ छ ।

एमालेका तत्कालीन उपाध्यक्षका हैसियतमा भण्डारीकै नेतृत्वमा महिलाको अधिकार सम्बन्धी सङ्कल्प प्रस्ताव पारित भएको थियो । उक्त सङ्कल्प प्रस्तावमा चार बुँदा समेटिएका थिए ।

आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुन खारेजी, महिला हिंसाको अन्त्य लगायत विषय समेटिएको थियो ।

चार बुँदा नै महिला अधिकार स्थापना गर्नका लागि संविधानको जग भएकाले त्यसलाई लेलिब्रेट गर्न यसको भेलाको आयोजना गरेको पूर्व मन्त्री राई पौडेलको भनाइ छ ।

साथै, महिला भेलाले नेकपा एमालेले गरेको कामको बारेमा विवेचना र व्याख्या गर्ने बताइएको छ । अबको चुनौती कसरी पार गर्न सकिएला भनेर कार्यदिशा समेत बनाउने बताइएको छ । सबै उपलब्धि हासिल नभएकाले आगामी दिनमा महिला सहभागिता ३३ प्रतिशतबाट बढाएर समान सहभागिता र हिंसा अन्त्यको लागि पनि पहल हुने बताए । कहाँ पुग्ने र कसरी पुग्ने भन्ने कुराको निक्र्यौल हुन्छ । भोलि यसमा व्यापक छलफल गछौं ।’

उनका अनुसार आज कार्यपत्र पनि प्रस्तुत हुने छ । कार्यपत्र राई र बिद्या भट्टराईले बनाएका छन् । 

‘हामीले पनि यो राष्ट्रिय भेला यही ऐतिहासिक दिनको सन्दर्भमा आयोजना गरेका छौं,’ राईले खबरहबलाई भनिन, अबको कार्यदिशा बारेमा पनि छलफल हुन्छ ।

महिला सशक्तीकरणका दृष्टिले भेला महत्त्वपूर्ण हुने तथा भेलाले समाजको अग्रगतिका लागि प्रेरणा दिने उनिहरुको विश्वास छ ।

एमालेले  मिसन-२०८४ सफल बनाउन महिलाको भूमिका प्रभावकारी बनाउन सहयोग पुग्ने बताएको छ । 

उद्घाटन कार्यक्रम २०८१ जेठ १६ गते १ बजे प्रज्ञा भवन कमलादीमा करिव पाँच हजार महिलाको सहभागि छन् । तर हलमा सहभागी नआटेपछी ३० प्रतिशत सहभागी बाहिर बस्नु परेको छ । 

भेलाको दोस्रो दिन १७ गतेको  कार्यक्रम तोकिएका प्रतिनिधिहरूका बीचमा कार्की बैंक्वेट, बबरमहलमा सम्पन्न हुने बताइएको छ । 

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा एमालेआबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागी भएको आयोजकको दाबी छ । 

भेलाको दोस्रो दिनको कार्यक्रममा १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्त्वपूर्ण विषयमा समूह छलफल हुने छ। समूह प्रस्तुतिपछि भेलाका निष्कर्षहरू सार्वजनिक गरिने राईको भनाइ छ ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ५ : २८ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित