मधेश सरकार टिकाउन उपेन्द्रले खोजे कांग्रेस र एकीकृत समाजवादीको साथ | Khabarhub Khabarhub

मधेश सरकार टिकाउन उपेन्द्रले खोजे कांग्रेस र एकीकृत समाजवादीको साथ


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेश सरकार टिकाउनका लागि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको साथ खोजेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले निजी निवास बूढानीलकण्ठमा बुधबार बोलाएको प्रतिपक्षी दलको बैठकमा यादवले मधेश सरकार टिकाउन यी दुई दलको साथ मागेका हुन् ।

देउवाले बोलाएको प्रतिपक्षी दलहरूको बैठकमा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका थिए । त्यहीबेला उपेन्द्रले मधेश सरकार टिकाउन सहयोग मागेको कांग्रेसका एकजना शीर्ष नेताले बताए ।

ती नेताले भने, ‘पछिल्लो राजनीतिक परिस्थितबारे छलफल भयो । केन्द्र सरकारको विषयमा पनि चर्चा भयो । उपेन्द्रजीले मधेशमा मिलेर जाऊँ भन्नु भएको छ ।’

यता माधव नेपालसँगै बूढानीलकण्ठ पुगेका एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले भने सामान्य चियापान र देउवासँग सन्चो-बिसन्चोबारे मात्रै कुरा भएको दाबी गरे ।

उनले खबरहबलाई भने, ‘नेताहरू भेट भएपछि विभिन्न कुरा हुने नै भयो तर नयाँ योजना बनाइएको कुरा सत्य होइन ।’

उनले उपेन्द्र यादवले मधेश सरकार टिकाउने गरी राखेको प्रस्तावलाई राजनीतिमा सामान्य रुपमा लिनुपर्नेसमेत बताए ।

मधेशमा २३ प्रदेश सांसदसहित नेकपा एमाले पहिलो दल छ । कांग्रेसका २२, जसपा नेपालका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्दछ । यदि यही जेठ २८ गतेसम्म जसपा नेता सरोज यादवले विश्वासको मत नलिए अर्को सरकारको विकल्पमा जानुपर्छ ।

यदि कांग्रेस, जसपा, लोसपा र एकीकृत समाजवादी मिले ५४ सांसदसहित बहुमत पुगेर यादव नेतृत्वको सरकार ढल्नबाट जोगिन्छ । तर एकीकृत समाजवादी केन्द्रीय सरकारमा भएकाले उपेन्द्रलाई सहयोग गर्ने नगर्ने अन्योल छ । यद्यपि नेकपा एसका अध्यक्ष नेपाल केन्द्रको सत्ता गठबन्धनसँग असन्तुष्टि बोकेर बसेका छन् ।

मधेशमा हाल जसपाबाट सरोजकुमार यादव मुख्यमन्त्री छन् । त्यहाँ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमतसहितले समर्थन फिर्ता लिएकाले यादवले जेठ २८ गतेसम्ममा विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।

अशोक राईले गत वैशाख २३ केन्द्रमा जसपा नेपाल विभाजन गरेर नयाँ दल बनाएका छन् । यस्तोमा मधेशबाट पनि जसपाका केही सांसद नयाँ दलमा जाने सम्भावना छ । मधेशका सबै १६ सांसद अहिलेसम्म उपेन्द्र यादवको जसपा नेपालमै रहेर नयाँ दलमा सनाखत गरिसकेका छैनन् ।

फागुन २१ केन्द्रमा नयाँ गठबन्धन बनेपछि एमाले, माओवादी, जनमत र लोसपासहित मिलेर नयाँ सरकार बनाउने कोसिस गरेका थिए ।

तर पहिलो चरणमा मुख्यमन्त्री कसले लिने भन्ने विवाद त्यहाँ मिलेको छैन । सुरुमा जनमतले मुख्यमन्त्री पाउनुपर्ने माग गरेको छ । तर एमालेका सरोज यादव पनि मुख्यमन्त्री हुने दौडमा छन् । यदि जसपा नेपालका आधा सांसद अशोक राईतिर खुले भने केन्द्रको नयाँ गठबन्धनको हातमा सत्ता झन् सजिलै आउने छ ।

उता कोशी प्रदेशमा भने जसपा नेपालकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जपसाको पक्षमा सनाखत गरेर एमाले नेतृत्वको सरकारलाई समर्थन गरिसकेकी छन् ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ८ : ०८ बजे

लमजुङ पहिरो अपडेट : चारै जनाको शव निकालियो

लमजुङ– जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको

वर्षालाई केन्द्रमा राखेर फिल्म ‘मोदीबेनी’को पोस्टर सार्वजनिक 

काठमाडौं– नायिका वर्षा सिवाकोटीलाई केन्द्रमा राखेर फिल्म ‘मोदिबेनी’को आधिकारिक पोस्टर

चन्द्रमाबाट चट्टान लिएर चिनियाँ चाङ्गे–६ पृथ्वीमा अवतरण

काठमाडौं– चीनको मुन मिसन चन्द्रमाको सतहबाट माटोसहितको चट्टान लिएर पृथ्वीमा

सुनमा कर बढाएपछि पसल बन्द गरेर आन्दोलन (तस्बिरहरू)

काठमाडौं- सरकारले सुनचाँदीमा कर बढाएपछि काठमाडौंको न्यूरो क्षेत्रका व्यवसायी आन्दोलित

विराटनगर महानगरका अधिकांश वडा डुबानमा (तस्बिरहरू)

विराटनगर– अविरल वर्षाका कारण विराटनगरका आधिकांश स्थान डुबानमा परेका छन्