टेबलटेनिस च्याम्पियनसिप : नेपाललाई एक रजत र पाँच कास्य « Khabarhub

टेबलटेनिस च्याम्पियनसिप : नेपाललाई एक रजत र पाँच कास्य


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा एक रजत र पाँच कास्य पदक जितेको छ ।

श्रीलङ्काको क्यान्डीमा आज सम्पन्न प्रतियोगितामा नेपालले उक्त सफलता हात पारेको टिम व्यवस्थापक सिक्का सुवाल श्रेष्ठले जानकारी दिए ।

यु–१९ छात्रा डबल्समा इभाना थापा मगर र वियन्का राईले रजत पदक जिते । यु–१९ टिम इभेन्टको छात्रमा प्रिन्स थापा, रुविन महर्जन र सिद्धार्थ तामाङ तथा छात्रामा वियन्का राई, इभाना थापा र योङगी पौडेलले कास्य पदक हात पारेका हुन् ।

यु–१५ को छात्रा सिङ्गल्समा शुभश्री श्रेष्ठ, डबल्समा शुभश्री श्रेष्ठ र शुरम्य शाक्य तथा टिममा शुभश्री श्रेष्ठ, महिमा महता र शुरम्य शाक्यले कास्य पदक प्राप्त गरे ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ९ : ३८ बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक