भारतको नयाँ दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम « Khabarhub

भारतको नयाँ दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – प्रचण्ड गर्मीको चपेटामा परेको दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ । यो राष्ट्रिय राजधानीमा सबैभन्दा उच्च तापक्रम हो ।

क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवका अनुसार स्वचालित मौसम केन्द्रमा बुधबार यस मौसमको उच्चतम तापक्रम उत्तर पश्चिमी दिल्लीको मुङ्गेशपुर क्षेत्रमा ५२ दशमलव तीन डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । यसअघि मे २६ अर्थात आइतबार मुङ्गेशपुरको तापक्रम ४८ दशमलव तीन डिग्री सेल्सियस थियो ।

भारत मौसम विज्ञान विभाग (आइएमडी)ले बुधवार र बिहीबार दिल्लीलगायत देशको उत्तरी भागका धेरै राज्यमा गर्मीको लहर (लू) को चेतावनी जारी गरेको छ ।

आइएमडीका अनुसार पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थानका धेरै भाग, उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश, पश्चिम मध्य प्रदेशका केही भाग, बिहार, झारखण्ड, उडिसा र जम्मु डिभिजनका फरक फरक भागमा गर्मीको लहरदेखि गम्भीर गर्मीको लहर अवस्थाको सम्भावना छ । आज र भोलि हिमाचल प्रदेश, विदर्भ र छत्तीसगढका विभिन्न भागमा लू चल्ने सम्भावना छ ।

दिल्लीको इन्टरभेन्शनल कार्डियोलोजी फोर्टिस एस्कर्ट्स हार्ट इन्स्टिच्युटका कार्यकारी निर्देशक डा अतुल माथुरले हृदय प्रणालीको समस्याबारे चेतावनी दिँदै नयाँदिल्लीमा आइएमडीको लूको चेतावनीबीच शरीरलाई ‘हाइड्रेटेड’ राख्न सुझाव दिए ।

“हाम्रो देशले आक्रामक तापक्रमको सामना गरिरहेको छ । यसका कारण सामान्य व्यक्तिलाई पनि हृदयाघातको समस्या हुनसक्छ । यदि तपाईंले पानी पिउनुभएको छैन भने तपाईं निर्जलित हुनुहुनेछ । पहिलेदेखि नै मुटुको समस्या भएकाहरूको रक्तचाप बढ्छ । मुख्य चिन्ता निर्जलीकरण हो । चर्को गर्मीमा ज्येष्ठ नागरिकहरूले बाहिर निस्कनु हुँदैन । आफूलाई हाइड्रेटेड राख्नका लागि नियमितरूपमा पानी पिउनुपर्छ”, उनले भने ।

साथै आइएमडीले दिल्ली र एनसीआर, खर्खोडा, झज्जर, सोहाना, पलवल, नुह, औरङ्गाबाद, होडलका पृथक ठाउँमा र छेउछाउका क्षेत्रहरूमा २० देखि ३० किलोमिटर प्रतिघन्टाको गतिमा हल्का तीव्रताको वर्षा र हावा चल्ने अनुमान गरेको छ ।

यसअघि मङ्गलबार राजस्थानको चुरु राज्यमा ५० दशमलव पाँच डिग्री सेल्सियसको रेकर्ड–उच्च तापक्रम रेकर्ड गरिएको थियो । यो सामान्यभन्दा सात दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी हो ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ९ : ५२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्